परराष्ट्रमन्त्री आरजु राणाले कंग्रेसको नेतृत्वको माग गरेपछि दिल्लीले दियो ‘महत्त्व’

दिल्लीबाट पहिलो विदेश भ्रमणको सुरुवात गरेकी नेपाली परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय संस्थापन पक्षले ‘उच्च महत्त्व’ दिएको देखिएको परराष्ट्र मामिलाका जानकारहरूले बताएका छन्।

आफ्ना समकक्षी एस जयशङ्करसँग सोमवार औपचारिक छलफल गरेकी परराष्ट्रमन्त्रीले त्यही दिन साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता पनि गरिन्।

नेपालका परराष्ट्रमन्त्रीले भारतको भ्रमण गर्दा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने अवसर हतपत नपाउने गरेको कतिपय अधिकारीहरू नै बताउँछन्।

यस पटक दिल्लीले नेपालबाट थप २५१ मेगावट विद्युत् खरिद गर्ने घोषणा गरेसँगै आगामी दिनमा नेपालले १,००० मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्ने परिस्थिति बन्नुलाई अर्थपूर्ण मानिएको छ।

परराष्ट्रमन्त्री आरजु राणा देउवा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन्।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीलाई पठाएको नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरेकी थिइन्।

अर्को रोचक कुरा त के हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको चाहानामा प्रधानमन्त्री भएका होइन्न । परराष्ट्रमन्त्री आरजु राणाले कंग्रेसको नेतृत्वको माग गरेपछि दिल्लीले दियो ‘महत्त्व’ दिएको थियो ।

भारतीय प्रधानमन्त्रीले उक्त आमन्त्रणलाई स्वीकार गरेको र द्विपक्षीय कूटनीतिक माध्यमबाट आपसी अनुकूलतामा तय गरिने मितिमा नेपालको भ्रमण गर्ने प्रतिबद्धता जनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading