
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट आफूले ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको टिप्पणी गरेका छन्। चितवनको राप्ती नगरपालिकाको डडुवामा आज आयोजित पार्टी कार्यक्रममा बोल्दै प्रमाण छ भन्नेहरुले अहिलेसम्म दिन नसकेको बताए।
हिजो राति १ बजेसम्म संसदीय छानबिन समितिको सोधपुछमा बसेर आज बिहानै चितवन पुगेका लामिछानेले कांग्रेसका महामन्त्री गगन थापालाई लक्षित गर्दै भने, ‘प्रमाण छ भनेर कुर्लनेले न संसद, न संसदीय छानबिन समिति वा न सरकारलाई नै प्रमाण दिए। प्रमाण छ भने अझै पनि जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु।’
संलग्नता नभए पनि सहकारी प्रकरण भन्दै हदैसम्म दुख दिएर आफ्नो बद्नाम गर्न खोजिएको दोहोर्याए। अहिले कांग्रेस र एमाले फेरि अवसर नआउला कि जसरी मिलेर बनाएको सरकारले जनताको पक्षमा काम गरेर गठबन्धनको औचित्य पुष्टी गर्न चुनौती दिए।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.