
काठमाडौँ । चर्चित लोक दोहोरी गायिका विष्णु माझीको यो वर्षको तीज गीत सार्वजनिक भएको छ । हरेक वर्ष तीजमा ‘पुतलीको भट्टी’ श्रृंखलामा गीत गाउँदै आएकी माझिको शनिबार पुतलीको भट्टी भाग २० सार्वजकि भएको हो ।
‘आइन आमा यो तीजमा’ बोलको गतिको भिडिओ आज (शनिबार) सपना म्युजिक इण्डष्ट्रिज नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यो गीतपनि पुतलीको भट्टी भाग–२० अन्तर्गतकै श्रृंखला हो । गीतको रचना तथा संगित भने सुन्दरमणि अधिकारीको रहेको छ ।
अहिलेको तीज गीतमा भने माझीले आइन आमा यो तीजमा बोलमा गीत गाएकी छिन् । सपना म्यूजिकको युट्युब च्यानलबाट अपलोड गरिएको गीतमा माझीको प्रसंसाका प्रतिक्रिया आएका छन् ।
यो गीतको शब्द माझीका श्रीमान सुन्दरमणी अधिकारीले लेखेका छन् । यो गीत आशिष अविरलको स्टुडियो रागामा रेकर्ड गरिएको हो । तीज नजिकिदै जाँदा भ्युज र भाइरल हुने रहरमा धेरै गित सार्वजनिक भएपनि विष्णु माझीले भने महिलाका बेदान समेटेर गीत सार्वजनिक गरेकी हुन् । सोहि कारण पनि उनको गीत पर्खाइ हुने गरेको छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.