
डोटी । डोटीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–१ की २८ वर्षीया निर्मला खड्काको सर्पले डस्दा मृत्यु भएको हो ।
शनिवार दिउसो खेतबारीमा काम गरिरहेका बेला सर्पले निर्मलाको खुट्टामा डसेको थियो । घटनापछि उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो।
निर्मलाको उपचारकै क्रममा शनिवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भीमलाल भट्टराईले जानकारी दिए। निर्मलाको शव जिल्ला अस्पताल डोटीमा राखिएको छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.