
इलाम । इलामको रोङमा व्यावसायिक बेसार उत्पादन सुरु भएको छ । गाउँपालिकाको सहयोगमा इको चिया सहकारी संस्थाले बेसारको उत्पादन सुरु गरेको हो । स्थानीय उत्पादन वृद्धि गरेर किसानलाई आत्मनिर्भर गराउन बेसारको उत्पादनलाई जोड दिइएको बताइएको छ ।
गाउँपालिकामा रहेका तीन सहकारीलाई एउटै सहकारी बनाइएको थियो । गाभिएका इको चिया उत्पादक सहकारी संस्था, महिला लालीगुराँस सहकारी संस्था र हाँसपोखरी अलैँची उत्पादक सहकारी संस्था एक भएपछि बेसारको उत्पादन सुरु गरिएको व्यवस्थापक गणेश अर्यालले जानकारी दिनुभयो ।
चिया र अलैँची किसानसँगै बेसार उत्पादन गर्ने किसानसमेत सहकारीमा भएकाले बेसारको उत्पादन सुरु गरिएको बताइएको छ । उत्पादित बेसारलाई ‘रोङ बेसार’ नाम दिइएको छ । बेसार बजारमा ल्याइएको छ । निर्माण भएको बेसार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
बेसारको उत्पादनसँगै बजारीकरणमा जुटेको गाउँपालिकाका अध्यक्ष मनीकुमार स्याङ्बोले बताउनुभयो । गएको वर्षबाट नै किसानलाई बीउ वितरण गरिएको उहाँको भनाइ छ । गाउँपालिकाले सहकारीलाई बेसार वितरण गरेको थियो । बेसार एक किलो ग्रामबाट २० किलो ग्रामसम्म उत्पादन भएको छ । बँदेल, बाँदर लगायतका जङ्गली जनावरले बारीमा लगाइएको अन्न तथा नगदेबालीमा असर पुर्याउन थालेपछि किसानले बेसार लगाउन थालेका हुन् ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.