बाँके बस दुर्घना : मृतक दुईजनाको सनाखत

बाँके । बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन् । बिहीबार दाङबाट नेपालगञ्जतर्फ आइरहेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस कोहलपुर–नेपालगञ्ज सडकखण्डको गनापुरस्थित नमस्ते कटेजको अगाडि एउटा मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले नेपालगञ्ज पुग्न  लागेको बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको र २७ जना घाइते भएको जानकारी आएको बताए । उनले मृतकको अझै सनाखत नभएको जनाकारी दिंदै घाइतेहरुलाई नेपालगञ्जस्थित भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालमा पुर्‍याइएको बताए ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading