
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ३६.८३ अंक घटेको छ । सेयर बजारसँगै कारोबार रकम थप खुम्चिएको छ । अघिल्लो दिन १३ अर्ब ७२ करोडको कारोबार भएकोमा आज १२ अर्ब २४ करोडमा खुम्चियो ।
५३ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने २ को स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.८, विकास बैंक १.१, फाइनान्स ०.९, होटल तथा पर्यटन १.८, हाइड्रोपावर ०.१, लगानी ०.९, जीवन बीमा २.०, उत्पादन ०.९, माइक्रोफाइनान्स २, निर्जीवन बीमा १.८, व्यापार ०.६ तथा अन्य ०.५ प्रतिशत घटे ।
कुथेली बुकरी स्मल हाइड्रोपावर तथा रसुवागढी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मिडसोलु हाइड्रोपावरको ८.४, मितेरी डेभलपमेन्ट बैंकको ७.८, पिपुल्स हाइड्रोपावरको मूल्य ७.६ प्रतिशत घट्यो ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.