
पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल नेपालले देशमा उत्पादन वृद्धि र भ्रष्ट्राचार नियन्त्रण गर्ने बताउनु भएको छ । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गुरुङले डिजिटल नेपाल बनाउनसके त्यसबाट देशको उत्पादन वृद्धि हुनुका साथै भ्रष्ट्राचार नियन्त्रण गर्ने बताउनु भएको हो ।
डिजिटल नेपालको अभियान पूरा गर्न केहीले २ देखि ७ बर्ष लाग्ने भन्ने गरेको र यसमा करिब ३० अर्ब बजेट आवश्यक भएको उहाँले जनाउनु भयो । अघिल्लो सरकारले उक्त कार्यक्रम योजना समेटे पनि पर्याप्त बजेट विनियोजन नगरेकोले आफूहरूले यस अभियान सफल पार्न बजेटबाटै भए पनि सुरुवात गरेको मन्त्री गुरुङले दाबी गर्नु भयो ।
सरकारी अड्डाहरूलाई पेपरलेस बनाउने अभियानमा सरकार लागेको बताउँदै मन्त्री गुरुङले जनतालाई दश ठाउँमा पुगेर सेवा लिनुपर्ने झनझटीलो प्रक्रियालाई डिजिटल प्रविधिबाट अन्त्य गर्ने उहाँले जनाउनु भयो । नेपालको आफ्नो सुरक्षा र आफ्नो पनको लागि पनि स्याटलाइट आवश्यक भएको उहाँले बताउनु भयो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस सरकारले आफै खरिद गरी हुलाक टिकट देखि राहदानी, विभिन्न प्रकारका ब्याच समेत स्वदेशमै प्रिन्टिङ गर्ने लक्ष्य राखेको मन्त्री गुरुङले बताउनु भयो । एक बर्ष भित्र राहदानी नेपालमै छाप्ने योजना रहेको उहाँले उल्लेख गर्नु भयो ।
नेपाललाई आइटी हब बनाउने लक्ष्य रहेको बताउँदै उहाँले पोखरा, काठमाण्डौं, चितवन, बुटवल लगायतका शहरहरुमा ५ जि इन्टरनेट सेवा सञ्चालन गर्ने सरकारको योजना रहेको उहाँले बताउनु भयो । देशका ३/४ ठाउँमा डाटा सेन्टर स्थापना गर्न आवश्यक भएको बताउँदै उहाँले पोखरामा समेत डाटा सेन्टर राख्ने मन्त्री गुरुङले बताउनु भयो ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.