
काठमाडौं । चितवनमा भारी वर्षा भएको छ । चितवनको कल्याणपुर–माडी वर्षामापन केन्द्र र आसपासमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार थप वर्षा हुन सक्ने देखिएको छ ।
रिउ खोला र यसका सहायक नदीहरूमा आकस्मिक बाढीको सम्भावना देखिएको छ । नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
मकवानपुरको हेटौँडा सहित आसपासको क्षेत्रमा बिहानबाट निरन्तर वर्षा जारी छ । काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मकवानपुरको हात्तीसुँडेमा भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो एक घण्टामा ५६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै चितवनको कल्याणपुरमा ४५.६ मिलिमिटर वर्षा भएको छ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.