
भैरहवा । कमिसन नमिल्दा समातियो रुपन्देहीबाट ३ ट्रक अवैध चिनी रुपन्देहीमा एक सातमै ३ ट्रक अवैध चिनी समातिएको । जिल्लामा भिआइपी लर्को भएकै बेला भन्सार कार्यालयबाट खटिएको टोलीले ती सामान नियन्त्रणमा लिए वा कमसिन नमिल्दा समातियो भन्ने आफैमा गम्भिर प्रश्न उब्जिएको छ । स्रोत भन्छ- भन्सारमा कार्यरत कर्मचारी रातारात मालामाल हुन्छन् र कमाउनका लागि भन्सारमा आउने गर्छन् । दैनिक रुपमा हने गर्को अवैध कारोबार चिनीको मात्र कुरा होइन याहाँ । भन्सारमा कार्यरत कर्मचारी नाम र स्रोत नखुलाउन आग्रह गर्दै गुनासो गर्छन्, देश भक्ति र अनुशासित कर्मचारीको त याहाँ कामै छैन । तल देखि माथि सम्म सेटीङ्ग हुन्छ । यो हात्तिको जस्तो दारा मात्र हो हजुर !
“गाउँमा स्याल पस्नु र कुखुरा हराउ” को उखान मिल्दो छ । गत शनिबार सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालसहितको टोली रुपन्देही भएकै बेला लुम्बिनी रोड प्रकटेश्वर मन्दिर जाने बाटोबाट ट्रक सहित करिब २१० बोरा अवैध चिनी बरामद भयो । ग २ ख १२९० नम्बरको ट्रकमा लोड भएको अवस्थामा उक्त चिनी बरामद गरिए पनि चालक फरार भए ।
प्रश्न यहाँ अड्किएको छ । चालक फरार भए वा भरार गराइयो ? यदि चिनी बरामद गरियो भने सोहि समायमा चाल ड्राइभरको सिटबाट तल अोर्लेर टोलाएका थिए । तिनै टोलाएका ड्राइभरलाई तिमि भाग रह्श्य खुल्छ कस्ले भने ? यस्को जवाफ त्तकालिन डिउटिमा भटिएका अफिरसँग छ ?
बुधवार नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको भ्रमणको बेला पनि लुम्बिनी रोड अन्तर्गतकै वेथरीबाट भन्सार छली नेपाल भित्रिएको २ सय १० बोरा चिनी ट्रकमा लोड रहेको अवस्थामा चालक सहित नियन्त्रणमा आयो । लु २ ख २८३६ नम्बरको ट्रकमा उक्त परिमाणको अवैध चिनी ट्रक चालक मायादेवी गाउंपालिका २ तुलसीपुरका शिव कुमार यादवललाई नियन्त्रणमा लिइयो । चामल लोड गरेको बताउने चालकले सामान चेक जाँच गर्दा नेपाली बोरामा चिनी रहेको थियो ।
यस्तै आज पनि विहान २१० बोरा चिनी अवैध चिनी ट्रक सहित बरामद भएको छ । अहिले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डे रुपन्देहीमा छन् । विहानको २ बजेको समयमा विशेष सूचनाको आधारमा भन्सार प्रमुख सहितको गस्ती टोलीले लुम्बिनी सास्कृतिक नगरपालिका १० मधुवनीबाट सो सामान बरामद भएको हो । बरामद सामान लैजादै गरेको अवस्थामा लुम्बिनी रोड अन्तगर्त पर्ने सो क्षेत्रबाट सशस्त्र प्रहरी बल डण्डाको सुरक्षामा नियन्त्रणमा लिएको हो ।
एक साता भित्रै बरामद भएको तिनवटै ट्रक सहितको चिनी उही प्रकृतिको ट्रकमा लोड गरेको अवस्थामा बरामद भएको छ । ट्रकको क्षमता १० टन भएकोले २१० बोरा चिनी लोड भएकै अवस्थामा बरामद भएका छन । स्रोतका अनुसार सिमा क्षेत्रबाट चिनी मोटरसाइकलमा ल्याई डम्पिङ गरि बाहिरी जिल्लामा पठाइने गर्न्छि । यस अघि बरामद चिनी पनि पोखरा लैजाने क्रममा नियन्त्रणमा लिइएको थियो ।
यसरी भिआइपी मुभमेन्ट भएकै बेला सुरक्षा निकायको ध्यान एकातर्फ हुदा तस्करहरुले मौकाको फाइदा उठाउदै आएको त हैनन् ? कि यो संयोग हो ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.