
बेइजिङ, भदौ १९ गते । चीनले सेप्टेम्बर ११ देखि १३ सम्म ‘बेल्ट एण्ड रोड’ मा रहेका देशहरूका लागि बौद्धिक सम्पत्ती (आइपी) सम्बन्धी तेस्रो उच्चस्तरीय सम्मेलन बेइजिङमा आयोजना गर्ने भएको छ ।
सन् २०१९ को मार्चसम्ममा बिआरआईमा १ सय २६ मुलुक र २९ अन्तर्राष्ट्रिय संगठन सहभागी भइसकेका छन्। अहिले बिआरआईमा एसिया–युरोपदेखि अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण प्रशान्त क्षेत्रसम्म आबद्ध छन्। बिस्तारै बिआरआई संयुक्त राष्ट्रसंघपछि सबैभन्दा ठूलो विश्व संगठन बन्नेतर्फ लम्किरहेको छ ।
बेइजिङमा यही वैशाख १३ र १४ गते हुने दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा विश्वका ६५ मुलुक र क्षेत्रका २ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन्। नेपालबाट पनि राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुँदै छ ।
विश्वमा आयोजना गरिने अन्य सम्मेलनभन्दा बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च केही पृथक छ। प्रायजसो मुलुकले लगानीलाई केन्द्रमा राखेर गर्ने अन्तर्राष्ट्रिय सम्मेलनको प्रमुख उद्देश्य आफ्नो देशमा लगानी गरिदेऊ भन्ने रहन्छ । तर यसकोे ठीक उल्टो चीनले चाहिँ ‘हामी तिमीहरूका देशमा लगानी गरिदिन्छौँ, परियोजना लिएर आऊ’ भन्ने उद्देश्यसाथ दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च आयोजना गर्दै छ। अनि यही अभियानबाट विश्वमा एकछत्र प्रभाव पारिरहेको अमेरिकालाई चीनले चुनौति थपेको छ ।
बिआरआईले सबै समस्या समाधानको साँचो नै विकास हो भन्ने विचारलाई मूल मन्त्र मानेको छ ।
अमेरिकाले विश्वमा हतियार र आतंकबाट आफ्नो प्रभाव फिँजाएको कुरा कहीँ–कतैबाट लुकेको छैन। अफगानिस्तान, इरान, इराक, मध्यूपर्व, सिरिया यसका केही उदाहरण हुन्। अमेरिकाले एक वर्षमा हतियार र युद्धमा जति खर्च गर्छ त्यति पैसाले त विश्वका एकतिहाइ गरिब मान्छेलाई गरिबीबाट उकास्न सकिन्छ भनेर अमेरिकामै आयोजना गरिएको एक कार्यक्रममा अलिबाबाका प्रमुख ज्याक माले भनेका थिए। बीसौँ शताब्दीको मध्यसम्म गृहयुद्ध, भोकमरी, जापानी अतिक्रमणलगायतका भीषण र त्रासदीपूर्ण समय पार गरेको चीनले विश्वमा शान्ति र स्थिरतासँगै विकास अपरिहार्य रहेको कुरा मूल मुद्दाका रूपमा उठाउँदै आएको छ। यही मेसोमा सत्तामा आउनासाथ वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्पूर्ण विकासोन्मुख मुलुकको उद्धारका लागि बिआरआई अवधारणा अगाडि ल्याएका हुन् ।
सन् २०१३ सेप्टेम्बरमा कजाकिस्तान भ्रमणमा रहँदा चिनियाँ राष्ट्रपति सीले पहिलोपटक ऐतिहासिक रेशमी मार्गलाई पुनर्जागरण गर्ने घोषणा गरेका थिए। त्यही वर्ष अक्टोबरमा इन्डोनेसिया भ्रमणमा जाँदा उनले एक्काईसौँ शताब्दीको सामुद्रिक रेशमी मार्गलाई पनि पुनर्जागरण गर्ने उद्घोष गरे। सन् २०१३ नोभेम्बरमा चिनियाँ कम्युनिस्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले सी चिन फिङले घोषणा गरेका दुवै कार्यक्रम चीनको सुधार र खुला नीतिभित्र समावेश गरेर अगाडि बढाउने निर्णय ग-यो ।
चाइना नेशनल इन्टेलेक्चुअल प्रोपर्टी एडमिनिस्ट्रेशन (सीएनआईपीए) का अनुसार यस सम्मेलनले ’बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) साझेदार देशका लगभग ७० आईपी संस्थाहरूका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय संस्थाका प्रमुखहरूलाई निमन्त्रणा गर्ने भएको छ ।
कार्यक्रममा चीनस्थित दूतावासका प्रतिनिधिहरू, सम्बन्धित विभागका अधिकारी र उद्योग व्यवसायीहरूको पनि सहभागिता रहनेछ । यसमा करिब ४५० जना सहभागीहरूको अपेक्षित उपस्थिति रहेको सीएनआईपीएले उल्लेख गरेको छ ।
“सहभागीहरूले क्षेत्रीय सहयोग, हरित विकास, डिजिटल रूपान्तरण र आईपी मूल्य अभिवृद्धिमा गहन छलफल गर्नेछन्,”सीएनआईपीएका वरिष्ठ अधिकारी शेङ लीले पत्रकार सम्मेलनमा भन्नुभयो ।
चीनले आईपी नीति, कर्मचारी तालिम, शिक्षालगायत विभिन्न क्षेत्रमा बीआरआई साझेदार देशहरूसँग विचार आदान–प्रदान र सहयोगलाई सक्रिय रूपमा बढाइरहेको छ ।
यसले ५७ बीआरआई साझेदार देशहरूसँग आईपी सहयोग सम्झौताहरू हस्ताक्षर गरेको छ ।
बीआरआई साझेदार देशहरूको आईपी क्षमता निर्माणमा सहयोग गर्दै तालिम सञ्चालन गर्न चिनियाँ विशेषज्ञहरूलाई १० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूमा पठाइएको छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.