
काठमाडौं । नुवाकोट स्थायी घर भएका १९ वर्षीय कविराज तामाङको १६ वर्षीया ‘थानकोट–८’ सँग चार वर्षअघि चिनजान भयो । डेरा नजिकै भएकाले सामान्य देखादेख हुँदै उनीहरु सामाजिक सञ्जाल फेसबुकमार्फत नजिकिएका थिए ।
त्यसक्रममा एकअर्काको मोबाइल नम्बर आदानप्रदान गरे । कुराकानी बाक्लिन थालेपछि उनीहरु प्रेम सम्बन्धमा पनि गाँसिए । त्यसपछि पीडित किशोरी कहिलेकाहीँ तामाङको घरमा आएर पनि बस्थिन् । त्यसक्रममा उनीहरुबीच शारीरिक सम्बन्ध समेत हुने गरेको थियो ।
प्रहरीका अनुसार, त्यसबेला तामाङले पीडितलाई थाहै नदिई उनीहरुबीच शारीरिक सम्बन्धको भिडियो पनि बनाउने गरेका थिए ।
तामाङले भने प्रहरीसँग पीडित आफैंले फोन, म्यासेन्जरमा कुरा हुँदा अश्लील भिडियो र फोटो पठाउने गरेको दाबी गरेका छन् । आफूले भनेपछि त्यसरी भिडियो पठाउने गरेको उनले बताएका प्रहरी अधिकारी बताउँछन् ।
उमेर १६ वर्ष किशोरीको पनि एउटै उमेर, एउटै कक्षा । आफ्नै साथीले नक्कली फेसबुक आइडी बनाएर नक्कली अश्लील भिडियो बनाउन थाले । बेलाबेलामा किशोरीको फोटो र भिडियो पठाएर फेसबुकमा पोस्ट गर्ने धम्की पनि दिए ।
पोखरा २७ बस्ने किशोरले फेक आइडीबाट गरेको हर्कतको उजुरी प्रहरीसम्म पुग्यो । प्रहरीले अनुसन्धान गर्दै गयो, अन्ततः किशोर पक्राउ परे । उनले किशोरीको तस्बिर र भिडियो उनका आफन्तलाई पठाइदिने भन्दै ब्ल्याकमेल गरेका थिए । बेइज्जत गरिदिन्छु भनेपछि मानसिक यातना बढ्यो । किशोरीले परिवारलाई जानकारी गराएपछि घटना प्रहरी कार्यालयसम्म पुग्यो । प्रहरीले २ थान मोबाइलसहित किशोरलाई पक्राउ गरेको छ ।
विद्युतीय कारोबार ऐन कसुर अन्तर्गत साइवर अपराध मुद्दामा उनलाई जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी श्रवणकुमार विकले जानकारी दिए । त्यसक्रममा तामाङविरुद्ध जबर्जस्ती करणी र नकर्मीविरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसूरमा कारबाही प्रक्रिया अघि बढाएको छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.