
काठमाडौँ – नेपाल बोटल वाटर संघले फानीको गुणस्तर र तोकिएको मूल्यमा बिक्री गर्न बिक्रेताहरूलाई आग्रह गरेको छ । संघले शुक्रबार पत्रकार सम्मेलन मार्फत एक विज्ञप्ति जारी गर्दै चाडवाडको समयमा उपभोक्तालाई निर्धारित गरिएको मूल्यभन्दा धेरैमा बिक्री नगर्न आग्रह गरेको हो । पानीको गुणस्तर र मूल्यमा उपभोक्ता तथा सरोकारवाला निकाय पनि सचेत हुनुपर्नेमा समेत संघले जोड दिएको छ ।
‘पानीको गुणस्तर, पहिचान खुलेको लोगो, इम्बोसिङ वा प्रिन्टेड जार, मूल्य खुलेको क्युआर कोड स्टिकर, सफा राम्रो जार, पानीको बोटल, ल्याब परिक्षणको कागजात हेरी चाडबाडको मुखमा तोकिएको मूल्यभन्दा बढीमा प्रभाव पार्ने गरी पानी बिक्री वितरण गर्ने देखिएकाले सचेत रहौं,’ संघले जारी गरेको विज्ञप्तिमा छ, ‘साथै पानीको विल विजक सहित पानी खरिद गर्न अनुरोध गर्दछौं ।’
उपत्यकामा पानीको एक जारको खुद्रा मूल्य ४५ देखि ४७ र एक बोतल पानीको मूल्य १६ रुपैयाँ पर्ने संघले जनाएको छ । उपत्यका बाहिर भने एक जारको खुद्रा बिक्री मूल्य ६० र एक बोतलको २० रुपैयाँ पर्नेछ ।
संघले उपभोक्ताबाट पानीको खाली जारमा डिजेल, मट्टितेललगायत अखाद्य सामान राख्ने कार्यले समस्या आउने गरेको संघले जनाएको छ । साथै सिलबन्द पानीको कैफियत त्रुटीको जिम्मेवारी उद्योगीले लिनुपर्ने भएपनि सिल खोलिएको पानीको जारको उजुरीको आधारमा उद्योगी कारबाहीमा परिरहेको संघले जनाएको छ ।
नेपाल बोटल वाटर उद्योग संघले देशै भरि जार र बोटलको पानीको मुल्यमा एकरुपता ल्याउन आफ्नो संस्था कृयाशिल रहेको बताएको छ । पत्रकार सम्मेलन गरि संघले उपत्यका भित्र र उपत्यका बाहिर आम उपभोक्ताले पाउने पानीको अधिकतम मुल्य समेत तोकेको छ ।
बिशेष गरि ढुवानी खर्चको कारणले गर्दा पानीको मुल्य केहि बढ्न गएको भएपनि बिचौलियाको मनपरिले गर्दा उपभोक्ताले जुन मुल्य तिरिरहेका छन् उत्पादक कम्पनिले त्यसको अनुपातमा मुल्य पाउन नसकेको भन्दै संघले तोकेको मुल्य भन्दा बढी लिन खोजे संबन्धित सरकारी निकाय र संघलाई खबर गर्न आम उपभोक्ताहरुलाई अपिल समेत गरेको छ । संघले शनिवार राति १२ बजे बाट लागु हुने गरि पुरानै मुल्यलाई निरन्तरता दिएको समेत जनाईएको छ ।
पत्रकारहरु संग बोल्दै संघका अध्यक्ष ध्रुव बहादुर गौतमले राज्यको नियम कानुन र बिचौलियाको चलखेलको कारण धेरै पानी उद्योगहरु धरासायी बन्दै गईरहेको भए पनि राज्यले यसको संरक्षणको नीति नलिएकोमा आपत्ति जनाउनु भएको थियो । उता उपभोक्ताको नजरमा पानी उद्योगीहरु पापी,अपराधि जस्तै ठहरिन्छन् तर करोडौं खर्च गरेर स्थापना गरेको उद्योग धरासायी बन्दै गर्दा बिचरा भनिदिनेसम्म कोहि नभएको भन्दै ब्यवसायीहरु निरास बन्दै गईरहेको संघका महासचिव गोकुल थापाले पत्रकारहरुसँग बताउनु भयो।
सहि गलत केहो भनेर छुट्याउने अरु थप्रै निकायहरु भए पनि आम नागरिकको पहुँचमा छिटो पुग्ने भनेकै संचार माध्यम भएको ले राज्यको चौथो अंगको रुपमा रहेको यो संयन्त्रले बास्तविकतालाई खोतलेर मात्र समाचार संप्रेसण गर्न महासचिव थापाले आग्रह गर्नु भयो ।
पानी उत्पादन गर्ने कम्पनि बनाएर एकैपल्टमा करोडौं आम्दानी हुने होईन भन्दै यो ब्यवसायमा लागेका ब्यवसायीहरु समेत संवेदनसिल हुनु पर्नेमा थापाको जोड रहेको थियो । नयाँ संबिधान लागु भए यता मात्रै सरकार बाट आएका संघ देखि स्थानिय सरकार सम्मका बिभिन्न नियम कानुन र ऐन घाँटी अठ्याईरहेको यो ब्यवसायलाई संचार माध्यमको हेर्ने दृष्टीकोण चै सकारात्मक हुनु पर्नेमा थापाले जोड दिनु भएको थियो । उहाँले सस्तो लोक प्रियता र भ्युज बटुल्नमात्र संवेदनसिल बिषयलाई हल्का ढंगमा प्रस्तुत नगर्न तथा संबन्धित ऐन कानुन र नियम हेरेर मात्र समाचार बनाउन मिडियाहरुलाई सचेत समेत गराउनु भएको थियो ।
पत्रकार सम्मेलन मार्फत संघका अध्यक्ष गौतमले नजिकिदै गईरहेको चाडवाडलाई मध्य नजर गर्दै उपभोक्ता नठगिउन भन्ने उदेश्यले यो पत्रकार भेटघाट मार्फत संपुर्ण जानकारी गराउनुका साथै मिडियाको माध्यमबाट यो ब्यवसायको वास्तबिक उदेश्यको बारेमा अवगत गराउन खोजेको बताउनु भएइको थियो । संघले उद्योगीलाई नियमित, मर्यादित र व्यवसायिक बनाउन राज्यको सहकार्य आवश्यक समेत रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
(पत्रकार भेटघाट मार्फत जारि गरिएको प्रेस बक्तव्य जस्ताको त्यस्तै)
-प्रेस बक्तव्य
आम संचारमाध्यम र सामाजिक संजालबाट प्रेसित कुनै पनि सामाग्रीहरुले कुनै पनि व्यक्ति, संस्था, उद्योग र उत्पादनलाई रातारात सुचना सम्प्रेशण गरी एकै रातमा अत्यन्त लोकप्रिय वनाउने तागत र एकै रातमा लोकप्रिय विषयवस्तुलाई पाताल पुर्याउने क्षमता तपाइ पत्रकार वन्धुहरुमा खुवी राख्न सक्ने हुँदा कुनै शक्तिले पनि रोक्न नसक्नेमा कुनै दुइमत नहोला ।
केही दशक अधि सम्म पत्रपत्रिका, रेडियो र टेलिभिजन जस्ता परम्परागत संचार माध्यमको वर्चस्व प्रभाव रहेकोमा अझ तिव्र सर्वव्यापी हुन पुगेको मोवाइल एप, अनलाईन माध्यमहरुवाट केहि सेकण्डमै कुनै पनि विषयवस्तुलाई अत्यन्त कम खर्च, थोरै परिश्रमवाट छोटो समयमै कयौं गुणा बढी व्यापक रुपमा जनता माझ फैलाउन सक्ने तागत एवम क्षमता भएकोमा हामी तपाई संचारकर्मीहरु प्रति आभारी छौं । त्यसैले हाम्रो पानी उद्योगको पिडा, कथा वेथा, वेदना, समस्या यहांहरुको संचार माध्यमवाट संम्प्रेशण गराउने प्रयत्न गरेका छौं ।
उद्योगी, विकेता तथा उपभोक्ता सचेतना वारे
आम उपभोक्तालाई स्वच्छ सफा गुणस्तर सिलवन्द जार तथा वोटलको पानी खुवाउनको लागि सम्पुर्ण पानी उद्योगीलाई पटक पटक क्षेत्रगत प्रशिक्षण तालिम गराउँदै आएका छौं । जुनसुकै उत्पादनमा जनस्वास्थ्यको हितका लागि अपनाएका सावधानी र प्रक्रियामा मानविय त्रुटी वा कमजोरी र नियतवश गरिएको कार्यमा फरक व्यवहार छुट्याउनु पर्नेमा सामान्य त्रुटी भै उद्योगीहरु लाई ठूलो सजाय भोग्नु पर्ने वाध्यकारी अवस्था छ । उपभोक्तावाट पानीको खाली जारमा विभिन्न प्रकारका अखाद्य सामान जस्तै डिजेल, मट्टितेल, जाँड रक्सी राख्ने, पानी राख्ने डिस्पेन्सर सफा नगर्ने, वर्षातको पानी भर्ने कार्यले गर्दा विभिन्न समस्या आइपर्ने देखिएको छ । सिलवन्द पानीको कैफियत त्रुटीको जिम्मेवारी उद्योगीले लिनु पर्छ तर यहाँ सिल खोलिएको वोटल, जारको उद्योगी जिम्मेवार हुनु नपर्ने भएता पनि सिलखोलेको पानीको मात्र उजुरी लाई महत्व दिई सुचना सम्प्रेशण गर्दा निर्दोषी पानी उद्योगी कारवाहीमा पर्ने भएकोले तपाई पत्रकार मित्रहरु त्रिकालदर्शी हुनुका साथै महाभारतमा संजयले धिर्तराष्ट्रलाई महाभारतको सम्पुर्ण सत्य तथ्य संदेश दिए जस्तै हजुरुहरुले पनि गलत गर्ने लाई दण्ड, राम्रो गर्नेलाई प्रोत्साहान गर्न उपयुक्त संदेश प्रभाव गर्नु पर्ने देखिन्छ ।
उत्पादन लागत पूँजी खर्च
१) उद्योग स्थापना, मेसिनरि औजार तथा उर्जा खर्च
२) वोटल बिर्को आवश्यक कच्चा पदार्थमा हुने खर्च
३) आवश्यक जनशक्ति व्यवस्थापनमा हुने खर्च
४) उत्पादन स्थलवाट वजारीकरण गर्न ढुवानी खर्च
५) गुणस्तर उत्पादनमा हुने खर्च
६) मर्मत सम्भार खर्च
माथि उल्लेखित उद्योग व्यवस्थापन गर्न कम्तिमा साना उद्योगको लागत खर्च रु १,००,००,०००।० देखी ठूला उद्योगको रु १५, ,००,००,०००।० सम्मको लगानीमा बनेका उद्योगवाट उत्पादित प्रशोधित पानीमा कुनै पनि संचालकले उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्छ जस्तो लाग्छ र ? त्यसकारण पानी उद्योगलाई नियमित, व्यवस्थित, व्यवसायीक, मर्यादित र जन स्थास्थ्य प्रति संवेदनशील उद्योगको रुपमा विकास गर्न राज्य र उद्योगी वीच सहकार्य गर्दै स्वदेशमा मात्र हैन हिमनदीको पानी, खनिजयुक्त पानी निर्यात प्रवन्ध व्यवस्थापन गर्न सकेमा नेपालको उर्जामा जस्तै पानीवाट पनी मनग्य विदेशी मुद्रा आर्जन गर्न सकिने देखिन्छ । यस विषयमा प्रचार प्रसारको लागि पत्रकार ज्यूहरुले कलम चलाउन अति आवश्यक देखिन्छ ।
काठमाण्डौं उपत्यका तथा देशभरी संचालित पानी उद्योगीहरुले २०७७ सालमा गठीत संसदिय समितिको सिफारिस लाई आधार मानी दुइ वर्ष अगाडी २०७९ साल जेठ १९ गते देखि विभिन्न खाद्यवस्तुको मुल्य वृद्धि हुँदा समेत आम उपभोक्ताको हितलाई ध्यानमा राखी जारमा उद्योग मुल्य रु १८, ढुवानीकर्ता मुल्य रु ३५ डिष्टिव्युटर मुल्य रु ४० र खुद्रा मुल्य रु ४७ , एक लिटर वोटलमा उद्योग मुल्य रु. ११ , ढुवानीकर्ता मुल्य रु १३, डिस्टिव्युटर मुल्य रु १४, खुद्रा मुल्य रु १६ कायम भएकोमा उपभोक्ताले सोही वमोजिमको मुल्यमा पानी खरिद गर्ने गरेको देखिन्छ तर उद्योगीले उक्त मुल्य पाइरहेको छैन । विचमा विचौलियाको चरम खेलवाडले गर्दा लागत मुल्य टिकाउन नसकि अत्यधिक घाटामा उद्योग संचालन गर्नु परिरहेको र उद्योगीहरु उद्योग वन्द गरी पलायन हुनु पर्ने परिस्थितिलाई ध्यानमा राखी पानी उद्योगीहरुको उद्योग वचाउ अभियानमा पत्रकार मित्रले साथ दिनु पर्ने देखिन्छ ।
ग्यासको सिलिण्डर ढुवानी गर्दा रु १०० दिन मञ्जुर हुन तर उपभोक्ताको घर—घर भान्छा—भान्छा सम्म पानी पुर्याउने कार्यमा ढुवानी भाडा जोडदा पहाडै खसे झै गर्ने उपभोक्ताले गर्दा पानी, उद्योगीले कमाउने भन्दा दिन दुइ गुना रात चौगुन गुमाउदै गएको व्यहोरा यस संघमा पटक पटक गुनासो गराउँदै आएको विषयलाई मध्य नजर गर्दै अन्य उपभोग्य खाद्य वस्तुको चौगुना मुल्य वृद्धि भएता पनी पानीको हकमा २०७७ सालमा नै सिफारिस गरिएको मुल्यलाई यथावत कायम राख्दै तपसिल बमोजिमको मुल्यलाई निरन्तरता दिने कार्य मात्र भएको देखिन्छ ।
आम उपभोक्ताज्यू, अधिकारकर्मि, पत्रकारमित्र वन्धुहरु, सरोकारवाल नियमन निकायले पनि पानि को गुणस्तर, पहिचान खुलेको लोगो, इम्बोसिङ्ग वा प्रिन्टेड जार, मुल्य खुलेको क्यूआर कोड स्टिकर, सफा राम्रो जार, पानीको वोटल, ल्याव परिक्षणको कागजात हेरी दशैं को मुखमा तोकिएको मुल्य भन्दा वढीमा प्रभाव पार्ने गरी पानी विक्रि वितरण गर्ने देखी सचेत रही विल विजक सहित पानी खरीद गर्न÷गराउन सुचना संप्रेसण गरिदिनुहुन हार्दिक अपिल गर्दछौ । प्रिमियम व्राण्डको हकमा स्वयम उद्योगीबाटनै प्रष्टता हुनेछ ।
तपसिल
१. उपत्यका भित्र
जार: उद्योग मल्य-१८-डिष्टिव्युटर मुल्य -३५-उपभोक्ता मुल्य-४५-४७
बोटल: उद्योग मल्य-११० प्रति १२ बोटल- डिष्टिव्युटर मुल्य-१३०-उपभोक्ता मुल्य-१४०-खुद्रा मुल्य-१६ प्रति बोटल
२. उपत्यका बाहिर
जार: उपभोक्ता खुद्रा मुल्य-६०
बोटल: उपभोक्ता खुद्रा मुल्य-२०
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.