ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते


फिदिम ।
मेची राजमार्गस्थित पाँचथरको फिदिम नगरपालिका २ लालीखर्कमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

शनिबार मध्याह्न १२ बजे लालिखर्कदेखि फिदिमतर्फ आउँदै गरेका मे ८ प ७९०४ नम्बरको मोटराइकलमा सवार भारतको जोगबनी घर भइ फिदिम २ स्थित कृष्ण मैनालीको ट्याक्टर ग्यारेजमा कार्यरत मोहम्मद इस्ताफ हुसेन गम्भीर घाइते हुनुभएको हो ।

उहाँलाई प्रदेश ०१–००१ ख ४३३४ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइते हुसेनको अवस्था गम्भीर देखिएकाले पाँचथरबाट झापाका लागि रेफर गर्नुका साथै ट्रक चालक पाँचथरको हिलिहाङ २ काबेली घर भएका तिलक भण्डारीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको पाँचथरका प्रहरी प्रमुख (डिएसपी) हेमन्त भण्डारीले बताउनुभयो ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading