
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
भेटका क्रममा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा कुराकानी भएको र संक्रमणकालीन न्यायसम्बन्धी कानून बनेकोमा भट्टराईले सरकारलाई धन्यवाद दिएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
भट्टराईसँगको तस्बिर साझा गर्दै ओलीले लेखेका छन्, ‘मेरा मित्र, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईजीसँग भेट भयो । संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेकोमा उहाँले धन्यवाद दिनु भयो । समसामयिक राजनीतिक विषयमा समेत छोटो कुराकानी भयो ।’
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.