खेलकुद क्षेत्र नेपाललाई विश्वभर चिनाउने कडी हो : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताउनुभएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा पाराओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई सम्मान गर्दै देउवाले यस्तो बताउनुभएको हो।

उहाँले खेलाडीहरू राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको सम्मान गर्न सक्नुपर्ने बताउनुभयो।   उहाँले नेपाली कांग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको भन्दै आगामी दिनमा अझ बढी पहलकदमी लिने विश्वास व्यक्त गर्नुभयो। सभापति देउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको कांस्य पदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै गोवर्द्धनको प्रशंसा गर्नुभयो।

उहाँले भन्नुभयो, ‘पलेशा गोवर्द्धनजी जो हुनुहुन्छ, उहाँले अत्यन्तै नेपाललाई कांस्य पदक जिताउनुभयो।   जिताउन सफल हुनुभएकोमा सबै नेपालीको तर्फबाट, हाम्रो पार्टीको तर्फबाट हार्दिक बधाई।   भोलिका दिनमा अझ बढी पदक प्राप्त गर्ने सफलता मिलोस्। नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको कांस्य पदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको छ।   त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडीहरूले अझ बढी सफलता प्राप्त गरुन् भन्ने हार्दिक कामना गर्दछु।   खेलकुद क्षेत्रको विकासका लागि नेपाली कांग्रेस सदैव सहयोग गरिरहेको छ।   आगामी दिनमा पनि अझ सशक्त ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।   खेलाडीहरू राष्ट्रका गहना हुन्।   नेपाललाई विश्वभर चिनाउने कडीका रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्छ।  ’

नेपाली कांग्रेसले सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार, प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार र कांस्य पदक विजेता खेलाडी पलेशा गोवर्द्धनलाई पाँच लाख नगदसहित सम्मान प्रदान गरेको छ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading