निगरानी दैनिक मिडिया प्रा.लि. को कानुनी सल्लाहकारमा अधिवक्ता पन्थी नियुक्ति

काठमाडौँ । निगरानी दैनिक मिडिया प्रा.लि. ले कानुनी सल्लाहकारमा अधिवक्ता गोविन्द पन्थीलाई स्थायी नियुक्ति गरेको छ ।

यसै प्रा.लि.का अध्यक्ष निर्मला दंगाल खनालको अध्यक्षतामा मिति २०८१/०५/२४ गते सोमबार बसेको बैठकले कानुनीपरामर्श तथा कानुनी सल्लाहकारमा नियुक्ति गर्ने  निर्णगरेको थियो । संस्थाको विद्यान अनुरुप कानुनी सल्लाहकार राख्न पाउने प्रवधान छ । विद्यान अनुरुप नै पन्थीलाई नियुक्ति गरेको हो । २४ गते बैठकको निर्णय अनुरुप मिति २०८१/०५/२५ गते संस्थाका प्रवन्ध निर्देशक तथा प्रधानसम्पादक जीवन शर्माले नियुक्ति पत्र अधिवक्ता पन्थीलाई हस्तान्त्रण गर्नु भयो । आगामी दिनहरुमा यस संस्था सञ्ञचालन गर्ने क्रममा आई पर्ने बाधा व्यावधानको कानुनी रुपमा बहस पैरबी तथा कानुनीपरामर्श समेत प्रदान गर्नु भै उहाँ यस संस्थाको कानूनी सल्लाहकारको भुमिकामा रहि सहयोग गर्नुहुने छ ।

पन्थी संवैधानिक मामला, देवानी एबम् बिशेषत  फौज्दारी मुद्दा र मिडिया सम्बद्ध कानुनमा विशेष दख्खल राख्नुहुन्छ । संवैधानिक कानुनमा एलएलबि गर्नु भएका पन्थीले जनप्रशासनबाट स्नातकोत्तर गर्नु भएको छ ।

नेपाल प्रहरी संगठनमा ३० बर्ष सेवारत रहदा पनि उहाँ पिडितहरुको मन मस्तिष्कमा रहि जनस्तरबाट वाही-वाही पाउदै ४८ बर्षको उमेर मै प्रहरी नायव उपरीक्षक (DSP) पदबाट हालै मात्र अवकास हुनु भएको हो ।  उहाँ विभिन्न कार्यालय तथा संघ संस्था सँग समन्वयात्मक भुमिकामा निकै राम्रो मानिनु हुन्छ भने, नेपाल प्रहरी सङठनमा रहदा पनि उहाँले आफ्नो नामलाई एक ब्रान्ड वनाउन समेत सफल हुनु भएको थियो । संगठन भित्र रहदा पनि कानुनको पालनामा समान ब्याबहार गरिनु पर्ने मान्यता राख्नु हुन्थ्यो र सोही अनुसार कसैको दबाब र प्रभावमा नपरी डटेर सामना गर्ने अफिसरका रुपमा परिचित हुनुहुन्थो । आफ्नो मातहतका कर्मचारीको पिर मर्कालाई समेत मध्यनजर गर्दा प्रहरी कर्मचारीको समेत मुटुमा बस्न सफल हुनुहुन्थ्यो ।

हाल नेपाल बार एशोसिएशनको सदस्य रहनुभएका अधिवक्ता पन्थी संवैधानिक कानुन र अपराधशास्त्रमा बिशेष दख्खल राख्नु हुन्छ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading