प्रहरीले बलात्कारको जाहेरी लिन मानेन, पीडित सरकारी वकिलको शरणमा

वीरगञ्ज :  बलात्कृत युवती सुन्तली (नाम परिवर्तन)को उजुरी नलिएर उल्टै प्रहरीले थुनामा राखेर मिलपत्रको लागि दबाब दिएको छ ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर १ की १९ बर्षीया बलात्कृत युवती सुन्तली (नाम परिवर्तन) जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पर्सामा गए ।

पर्सा प्रहरीले जाहेरी नै लिएन । उल्टै पीडितलाई नै पटक–पटक तारेख र थुनामा राखियोे । जबर्जस्ती मिलापत्रका लागि दबाब दिएर प्रहरीको महिला सेलमा दिनभर थुनामा राखेपछि आफन्तले छुटाएका थिए ।

सोही वडाका २१ बर्षीय बलात्कार आरोपी पीडक विक्कीकुमार दास प्रहरीमा हाजिर भए पनि उनलाई थुनामा राखिएन । पीडक दासले विवाहको प्रलोभनमा लामो समयदेखि स्थानीय १९ बर्षीया ती युवतीलाई जबर्जस्ती बलात्कार गर्दै आएका थिए । लामो समयदेखि पक्राउ पूर्जी जारी भए पनि पक्राउ नगरेपछि जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलल नै पीडकलाई भगाएको छपकैयामा रहेका पीडितका आफन्तहरुले दाबी गरेका छन् ।

प्रहरीले पीडितको जाहेरी पटक–पटक प्रयास गर्दा पनि दर्ता गर्न नमानेपछि  स्थानीय समाजसेवी रविन्द्र महतोको पहलमा सरकारी वकिलको कार्यालय पर्साबाट आदेशगराउने गराइएको थियो । सरकारी वकिलको आदेशपछि मात्र प्रहरीले जाहेरी दर्ता गरेको छ ।

सुरुमा उक्त जाहेरी प्रहरीले दर्ता नगरेपछि दर्ताका लागि हुलाकबाट पठाइएको थियो । कानून बमोजिम प्रहरीले जाहेरी दर्ता नगरेको खण्डमा सरकारी वकिलकहाँबाट आदेश गराइन्छ ।  पीडक आर्थिक रुपले सम्पन्न छन् । उनका बाबु विदेशमा रोजगारीका लागि गएका छन् । स्थानीय मुखिया र प्रहरी अधिकारीहरुको मिलेमतोमा जाहेरी नलिइएको बताइएको छ ।

अहिले पर्सा प्रहरीको महिला सेल र मुद्दाफाँटमा नेपाली कांग्रेस सम्बद्ध केही नेताहरुका कारण प्रहरीले पीडक दासलाई छुट दिइरहेको छ । नेपाली कांग्रेसबाट केन्द्र सरकारमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका अजय चौरासियाको फोर्सका कारण पीडक दासले छुट पाएको पीडितका आफन्तले गुनासो गरेका छन् ।

पर्साका प्रहरी प्रमुख एसपी ढुंगेलमाथि पीडकलाई बचाउन लागेको पीडितहरुको भनाई छ । उनले पीडित युवतीलाई ‘पत्रकार कहाँ किन गएको, प्रहरीले पो न्याय दिने हो’ भन्दै उल्टै निराश पार्ने काम गरेका छन् ।

पीडक दासलाई हालसम्म पनि प्रहरीकै सुस्तताका कारण पक्राउ गरिएको छैन । पीडित आफन्तहरुका अनुसार उनी रातमा घरमै आउने गरेको भए पनि प्रहरीकै मिलेमतोमा पक्राउ पर्नबाट बच्दै आएको बताए ।

पर्सा प्रहरीका मुद्दाफाँटका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले पूर्जी जारी गरिएको तर पक्राउ नपरेको बताए । तराईका जिल्लाहरुमा पीडितले सहजै रुपमा कुनै ठाडो उजुरी वा जोहरी दर्ताका लागि मुखिया नलगेसम्म प्रशासकहरुले भेट नै दिंदैनन् । मुखियाको पछि नलागी सिधै आफै जाने पीडितहरुले यो वा त्यो बहानामा न्याय पाउनै नसक्ने बिडम्बनापूर्ण अवस्था छ ।

 


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading