क्लासिक टेकको इन्टरनेट टिभी जडानमा आधा तिरे पुग्छ!

 काठमाडौँ । अहिले चार्डपर्व हरुको अवसरमा ग्राहकहरुको लागि विभिन्न सस्तो इन्टरनेट अफरहरु सार्वजनिक गर्ने गरे तापानि वार्षिक जडानमा भने ग्राहकलाइ महँगो नै पर्ना आउने गरेको पाइन्छ। सोही बमोजिम सस्तो तथा
भरपर्दो इन्टरनेट + आइपी टिभी जडान गर्ने ग्राहकको चाहानालाई मध्यनजर गर्दै देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक ले आधा तिरे पुग्छ अफर सार्वजनिक गरेको छ ।

सस्तो तथा भरपर्दो इन्टरनेट प्लस आईपी टिभी जडान गर्ने ग्राहकको चाहानालाई मध्यनजर गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकले ‘आधा तिरे पुग्छ’ अफर सार्वजनिक गरेको छ ।

यस अफरमा अब ग्राहकहरूले वार्षिक अफरको आधा पेमेन्ट तिरेर ६ महिनासम्म इन्टरने प्लस टिभी जडान गर्न सक्ने छन्। ६ महिना पछि पनि सोहि प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले बताएको छ ।

उक्त अफरमा १५० एमबीपी यस इन्टरनेट प्लस टिभी २०० एमबीपी यस इन्टरनेट प्लस टिभी र २०० एमबीपी यसमा २ आईपी टिभी सम्मका प्याकेज हरु रहेका कम्पनीले जनाएको छ ।

यसैगरि वाइफाई ६ भएको डुअल ब्याड राउटर, स्मार्ट सेटटप बक्स साथै सेकेन्ड्री राउटर पनि निशुल्क उपलब्ध गराएको छ। खास गरी १ वर्ष र ३ महिनाको इन्टरनेट तथा आइपी टिभी जडानमा महँगो तिरिरहेका ग्राहकहरूका लागि यस अफर निकै आकर्षक रहेको कम्पनीको भनाई छ ।

जडान खर्च निशुल्क तथा राउटरको डिपोजिट ५ सय रुपैयाँ र आइपी टिभीका लागि डिपोजिट ५ सय रुपैयाँ र १३ प्रतिशत भ्याट थप लाग्ने पनि कम्पनीले जनाएको छ ।

अफर दशैँ तिहार र छठ सम्म रहने र पूरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

थप जानकारीको लागि सम्पर्क न. ९८०१००४४७७ मा कल गर्न अथवा कम्पनीको वेबसाइटमा लगइन गरि जानकारी प्राप्त गर्न सकिनेछ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading