विश्व विद्यालय दूध दिवस सप्ताहव्यापी मनाइँदै

काठमाडौं । नेपाल डेरी एसोसिएसनले १० औं विश्व विद्यालय दूध दिवस साताव्यापी रुपमा सुरु गरेको छ । विविध कार्यक्रमको साथमा सरोकारवालाको सहकार्यमा विहिवारबाट कार्यक्रम सुरु गरेको एसोसिएसनले जनाएको छ ।

राष्ट्रिय दूग्ध विकास बोर्ड, पशु सेवा विभाग, दूग्ध विकास संस्थान (डिडिसी), केन्द्रिय दूग्ध सहकारी संघ, डेरी साईन्स एसोसिएसन, केन्द्रिय पशुपंक्षी तथा मत्स्य सहकारी संघ, डेरी उद्योग संघ, विभिन्न संघ संस्थासँगको सहकार्यमा १०औं विश्व विद्यालय दूध दिवसलाई साताव्यापी रुपमा मनाउन सुरु गरिएको छ ।

बिहीबार (असोज ३ गते)बाट सुरु भएको कार्यक्रम असोज ९ गते मूल समारोह कार्यक्रम गरी समापन गरिने नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाले जानकारी दिनुभयो ।

यस वर्ष विश्वमा २४औं र नेपालमा १० औं विश्व स्कुल दूध दिवस ‘नियमित दूध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन’ भन्ने नाराका सुरु भएको छ । एसोसिएसनले सरोकारवाला सबै र आफ्ना मातहतका पालिका, जिल्ला र प्रदेशलाई १० औं विश्व स्कुल दूध दिवस मनाउन आह्वान समेत गरेको छ ।

विश्वमा सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन मनाइने विश्व स्कुल दूध दिवस विगत १० वर्षदेखि नेपाल डेरी एसोसिएसनले मनाउँदै आइरहेको छ । यसवर्ष पनि एसोसिएशनले आउँदो असोज ९ गते अर्थात् सेप्टेम्बर २५ तारिकका दिन पर्ने विश्व स्कुल दूध दिवसको अवसरमा सरोकारवालाको उपस्थितिमा १० औं विश्व स्कुल दूध दिवस केन्द्रिय स्तर, प्रदेश, जिल्ला र पालिकामा आयोजना गरिएको एसोसिएसनका महासचिव हेमचन्द्र खनालले बताउनुभयो ।

दशौं विश्व स्कुल दूध दिवसको अवसरमा पहिलो दिन विज्ञप्ती जारी गरी मिडियामार्फत कार्यक्रमका बारेमा जानकारी दिने, दोश्रो दिन दूध तथा दुग्ध पदार्थको उपभोगका लागि जनचेतनामुलक सन्देश प्रवाह गर्दै विद्यालयमा दूधपान गराउने, तेश्रो दिन विभिन्न आश्रममा रहेका बालबालिकालाई दूध तथा दुग्ध पदार्थ वितरण, चौथो दिन ७ वटा प्रदेशमा विश्व स्कुल दूध दिवसको जानकारी गराउन सरोकारवालाको भेला गर्ने कार्यक्रम रहेको महासचिव खनाल बताउनुभयो ।

हाम्रो देशको तथ्यांक अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा नेपालमा हाल ८५ लिटर मात्र सेवन हुने गरेकोले अब आगामी दिनमा कम्तिमा बालबालिकाको लागि मात्र भएपनि ९२ लिटर अनिवार्य पु¥याउनुपर्ने देखिएकोले सरोकारवाला यसमा लाग्नुपर्ने देखिन्छ । बालबालिकालाई दूधको महत्वबारे बताउँदै अनिवार्य दूध सेवन गर्न प्रेरित गर्नुपर्छ । अभिभावकले र विशेषगरी शिक्षकले पनि राम्रोसँग बुझेर सबै बालबालिकालाई दूध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्नेछ ।

विद्यार्थीलाई दैनिक रुपमा दूध र दुग्ध पदार्थ सेवन गर्दा हुने फाइदा सम्बन्धी बालबालिकालाई जानकारी गराउन शिक्षकको महत्वपस्र्ण भूमिका रहन्छ । साथै विद्यालयले पनि दूध सेवनमा प्राथमिकता दिन अभिभावकलाई दूधको जानकारी सहित उपभोग गराउन आग्रह गर्नुपर्छ । एसोसिएसनले समय–समयमा विभिन्न विद्यालयमा पुगेर दूध तथा दुग्धपान गराउने र विविध कार्यक्रम गरिरहेको छ । साथै कविता र वक्तृत्वकला प्रतियोगिता गरी बालबालिकामा दूध तथा दुग्ध पदार्थको जानकारी गराउने गरिएको छ ।

यस्ता छन् नेपाल डेरी एसोसिएसनले शुरु गरेको विश्व विद्यालय दूध दिवस कार्यक्रमहरु

१. नेपालमा विश्व स्कुल दुध दिवस मनाउन शुरु गरी पहिलो कार्यक्रमको आयोजना पाँचखालको गणेश माविमा २०७२ सालमा बालबालिकालाई दुधपान ।

२. विश्व विद्यालय दूध दिवस २०७३ मा एसोसिएसनको अगुवाइमा सरोकारवाला सबैलाई सहभागी गराई काठमाडौंको हाँडीगाउँमा रहेको सेन्ट जर्ज विद्यालयमा विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थ सेवन गराई जनचेतना मुलक कार्यक्रम ।

३. विश्व स्कुल दूध दिवस २०७४ सालमा नेपाल डेरी एसोसिएसन, दुग्ध विकास संस्थान र केन्द्रिय पशुपंक्षी तथा मत्स्य सहकारी संघको संयुक्त आयोजनामा काठमाडौंको स्वयम्भुस्थित त्रिपल जेम्स स्कुलमा दूधको महत्व सम्बन्धी कार्यक्रम ।

४. विश्व स्कुल दूध दिवस २०७५ मा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ८ स्थित महाकाल जनजागृती मावि गल्फुटार, रामेछापको नागकन्या मावि मन्थली, झापाको कन्काई सामुदायिक विद्यालय, सल्यानको बागमती नगरपालिका २ स्थित त्रिवेणी आधारभुत विद्यालय, धनगढीको शिवपार्वती आधारभुत विद्यालयमा जनचेतनामूलक कार्यक्रम ।

५. विश्व स्कुल दूध दिवस २०७६ मा काठमाडौंको कृष्ण माविका विद्यार्थीमाझ दूधको महत्व बुझाउँदै दूध तथा दुग्ध पदार्थ वितरण गर्ने ।

६. विश्व स्कुल दूध दिवस २०७७ मा जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा रहेका अनाथ असहाय बालबालिकालाई दूध तथा दुग्ध पदार्थ वितरण गर्ने ।

७ . विश्व स्कुल दूध दिवस २०७८ मा काठमाडौंको हाँडीगाँउस्थित टंगाल माविमा वक्तृत्वकला प्रतियोगिता, विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थ सेवन ।

८. विश्व स्कुल दूध दिवस २०७९ मा कमलपोखरीस्थित कमल आधारभुत विद्यालयका विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थ वितरण ।

९. एसोसिएसनले २०८० मा काठमाडौंको त्रिरत्न स्कुल स्वयम्भुमा ९ औं विश्व स्कुल दूध कार्यक्रम, साथै काठमाडौंको शंखमुलस्थित दृश्य बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा सहकारीको साधारणसभामा उपस्थित बालबालिकालाई दूध सेवन ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading