
काठमाण्डौं – काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिका यस वर्षको सुशासन एवम् समृद्धि पुरस्कारबाट सम्मानित भएको छ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानीत नेता झलनाथ खनालले शनिबार राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा नगरपालिकाका मेयर दिपक कुमार रिसाललाई उक्त सम्मान प्रदान गरे ।
निगरानी दैनिक मिडिया प्रा.लि द्वारा प्रकाशित स्थानीय सरोकार मासिक पत्रिकाको दोस्रो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम-२०८१ मार्फत गोकर्णेश्वर नगरपालिकालाई सुशासन एवम् समृद्धिको सम्मान प्रदान गरिएको हो ।
गोकर्णेश्वर नगरपालिका स्थानीय सरकार संस्थागत क्षमता स्वमुल्याङ्कन प्रणाली (लिजा) र स्थानीय सरकार वित्तिय सुशासन जोखिम मुल्याङ्कन (एफआरए) मा उत्कृष्ठ भएको छ । नगरपालिकाले आफ्नो बेरुजुलाई समेत घटाउँदै लगेको छ । उसले अघिल्लो वर्षको तुलनामा ०.५९ प्रतिशतले बेरुजु घटाउन सफल भएको छ ।
सामान्य प्रशासन मन्त्रालयले गरेको मुल्याङ्कनका आधारमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट नगरपालिकाहरु मध्यमा पर्छ । गोकर्णेश्वर नगरपालिकामा मेयर दिपक कुमार रिसाल आइसकेपछि शिक्षा , स्वास्थ्य , रोजगारी खानेपानी , विकास निर्माण तथा प्रशासनिक कार्यमा उत्कृष्ट नगर बनाएका छन् । उनले कार्यसम्पादन तथा सुशासन एवम् समृद्धिमा उत्कृष्ट नगरपालिका बनाउन योगदान पुर्याएबापत उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
सम्मान वितरणका लागि स्थानीय सरोकार मासिक पत्रिकाको नेतृत्वमा ५ सदस्यीय छनोट समिति गठन भएको र छनोट समितिले देश भरिका ७ सय ५३ स्थानीय तहको प्रगती विवरण र कार्य सम्पादन तथा मुल्याङ्कनका आभारमा गोकर्णेश्वर नगरपालिकालाई उक्त छनोट समितिले सम्मान प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको थियो । त्यही अनुरुप नगरपालिका सुशासन एवम् समृद्धिको पुरस्कारबाट सम्मानित भएको हो ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.