एमालेको सचिवालाय बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालाय बैठक बस्दैछ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै एमालेले सचिवालय बैठक बोलाएको हो ।

बैठक आज बिहान ११ बजे बस्ने केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो । बैठकमा अविरल वर्षाका कारण देशमा ठूलो जनधनको क्षति भएकाले यसमा पार्टीका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालगायतका विषयमा छलफल हुने जनाइएको छ ।

सरकारले बाढी पहिरोबाट पीडितका लागि राहत र उद्धारमा प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएपछि सचिवालय बैठक बोलाइएको हो । सचिवालय बैठकमा समीक्षा र आगामी दिनमा कामलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading