
काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका सम्मानित भएको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली(लिजा) र एफ आर ए(सा.प्र.म)ले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को स्वमूल्यांकनको प्रतिवेदन अनुसार ४६० गाउँपालिका मध्ये आँबुखैरेनी गाउँपालिकाको गुणस्तर परीक्षण पछि कायम (लिजा) ८५.७५ अंक र ‘स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए)’एमा उत्कृष्ट भएकोले निगरानी दैनिक मिडिया प्रा.लि. द्वारा प्रकाशित स्थानीय सरोकार पत्रिकाको दोश्रो बार्षिकोत्सव समारोहमा आँबुखैरेनी गाउँपालिकालार्ई सम्मान गरिएको हो ।
पुर्व प्रधानमन्त्री झलनाथ खनाल निगरानी दैनिक मिडियाका सञ्चालक निर्मला दंगाल र विष्टअतिथि मुमाराम खनालबाट सम्मान पत्र प्रदान गर्नुभएको हो । गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष सुक्र चुमानको स्वकीय सचिव मनोज वास्तोलाले सम्मानपत्र ग्रहण गर्नुनुभयो ।
सम्मान वितरणका लागि स्थानीय सरोकार मासिक पत्रिकाको नेतृत्वमा ५ सदस्यीय छनोट समिति गठन भएको र छनोट समितिले देश भरिका ७ सय ५३ स्थानीय तहको प्रगती विवरण र कार्य सम्पादन तथा मुल्याङ्कनका आधारमा तनहुँको आँबुखैरेनी गाउँपालिकालाई उक्त छनोट समितिले सम्मान प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको थियो । त्यही अनुरुप गाउँपालिका सुशासन, समृद्धिको एवम् नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली(लिजा) र ‘स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए)’ पुरस्कारबाट सम्मानित भएको हो ।
यस स्थानीय सरोकार पत्रिका स्थानीय तह, जन-प्रतिनिध र आम नागरिक बिच पुलको भुमिका निर्वाह गर्दै आएको छ । पहरेदारी र खबरदारी सदैव गर्दै आएको छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.