
“विकास निर्माण, समृद्धि र पुनः निर्माणमा स्थानीय सरकारको बलियो आधार” भन्ने मूल नाराका साथ प्रकाशन सुरु गरेको १ वर्ष पूरा भएर आजबाट दोस्रो वर्षमा प्रवेश गरेका छौ ।
अधिकांश छापा पत्र-पत्रिकाहरू आर्थिक भार धान्न नसकेर बन्द भैरहेको अवस्थामा पत्रिकालाई नियमित सञ्चालनका लागि सहयोग गर्नुहुने सम्पूर्ण विज्ञापनदाता, पाठकबृन्द, शुभचिन्तक तथा सहयोगीहरूमा आभार प्रकट गर्न चाहन्छौ
I
हालसम्मको अवधिमा भएका कमीकमजोरीहरूलाई सुधार्दै आगामी दिनमा अझै सशक्त रुपमा अगाडी बढ्न प्रण गर्दछौ । साथै प्राविधिक रुपमा यदि कहीँकतै यस स्थानीय सरोकार पत्रिका मार्फत् उठान गर्नुपर्ने विषयले स्थान नपाएको भए आगामी दिनहरूमा पक्कै पनि त्यसको स्थान अग्रपंतीमा हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छौ ।
कसैको डर, धम्की, त्रास र भयमा नपरी निष्पक्ष रूपमा हाम्रा कलमहरू प्रवाहित हुनेछन्, जनताको सच्चा पहरेदार र खबरदारीका रुपमा सधै खटिरहनेछौ भन्ने कुरा पनि पाठकवृन्द एवम् शुभ चिन्तकहरूमा विश्वास दिलाउन चाहन्छौ ।
विगतका वर्षहरूलाई फर्केर हेर्दा मरुभूमिको छाती दोहा कतारदेखि रमलघारी अरबसम्मको यात्रामा नेपाली कामदारहरूले भोगेको दुःख र पीडाको बैसाकीरुपी साहारा बन्दै आएको अर्को रुप हो निगरानी ब्यूरो । यस ब्यूरो अन्तर्गत हालसम्म करिब १३ जना नेपाली युवायुवतीलाई भारतको तामिलनाडु प्रान्त कान्जिपुरदेखि बिशाखापट्नाको कोठीसम्म, कुवेतको जेलदेखि रमलको उजाड भूमिसम्म, साउदीको दमामदेखि रियादसम्म, कतारको अबुहमुरदेखि सनैयासम्म, युएइको आबुधावीदेखि रसलख्यैमासम्म र यूरोपका लिबिया, केन्यासम्म यस ब्यूरोले दुःख पाएका नेपाली कामदारलाई स्वदेश फिर्ता गरी घरपरिवारसम्म मिलाउने कुरामा महत्वपूर्ण भूमिका निर्वाह गरेको अवगत गराउन चाहन्छौं ।
प्रमाणसहित सत्यको पक्षमा निरन्तर कलम चलाउँदाका चुनौती कतिसम्म बढिसकेको छ भन्ने कयौं घटनाले स्थापित गर्छ । सँगै ‘सत्यको सधैँ जित हुन्छ’ भन्ने स्थापित गर्ने घटना पनि यही भयो ।
स्थानीय तह र आम नागरिकबिचको पुलको भूमिकामा कटिबद्ध यस स्थानीय सरोकार पत्रिकाले आवाजविहिनहरूको आवाज र बेथिति, विसंगती र भ्रष्ट्राचारको विरुद्ध सदैव खरो बुलन्द आवाजको रुपमा आफ्नो पहिलो वर्षे कार्यकाललाई पुरा गर्न विभिन्न वाधा अड्चन, अवरोधको सामनासँग जुद्धै र लड्दै आईरहेको कुरा अवगत गराउन चाहन्छौं । यस स्थानीय सरोकार पत्रिकाले उठाएका धेरै विषयहरूले सार्थक प्राथमिकता र राज्यको आर्थिक भारमा राजश्व उठानको लागि पनि टेवा पुगेको हामीले महसुस गर्दै आएका छौं ।
सूचना-प्रविधिको विकाससँगै सामाजिक सञ्जालको उछालले छापा पत्रकारिताको विस्तारमा पक्कै चुनौती थपेको छ । तर, सत्य र झुट तथा सत्य र भ्रमको सीमा पनि एकदमै साँघुरिएको छ। समाचारको प्रामाणिकता र प्रशोधनका लागि अहिले पनि छापा पत्रकारिताको विकल्प तयार भइसकेको छैन । हामीले आफ्नो जमिन त्यहीँ देखेका छौं
पत्रिकाको आम्दानीको मुख्य स्रोत भनेकै विज्ञापन हो । विज्ञापनले नै दैनिक पत्रिकाको खर्च जुटेको हुन्छ । प्रकाशनको सुरुवातदेखि हालसम्म विभिन्न अवस्थामा विज्ञापन प्रकाशित गरी पत्रिकालाई नियमित रुपमा प्रकाशनमा सहयोग पुऱ्याउनुहुने सम्पूर्ण विज्ञापनदाता महानुभावहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौ ।
यहाँहरूको साथ, सहयोग र विश्वासले पत्रिकालाई दोस्रो वर्षसम्म नियमित प्रकाशन गर्न सफल भएका छौ, आगामी दिनहरूमा पनि यहाँहरूको साथ र सहयोग यसैगरी रहिरहनेछ भन्ने अपेक्षा लिएका छौ ।
नागरिकका समस्याहरूको समाधान गर्न तथा सम्बन्धीत पक्षलाई झकझक्याउन कुनै पनि सन्देह नमानी अहोरात्र रुपमा खटिने प्रण गर्दै आगामी दिनहरूमा आदरणीय पाठकबृन्द, शुभचिन्तक एवम् विज्ञापनदाताहरूको सल्लाहलाई पनि मनन गर्दै अगाडी बढ्नेछौ । धन्यवाद ।
प्रकाशकः
जीवन शर्मा
स्थानीय क्षेत्रको बलियो आधार ! स्थानीय सरोकार
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.