
काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले राजीनामा दिएका छन् । आजमले सामाजिक सञ्जालमा पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी दिएका छन् । उनले आफ्नो कप्तानी अनुभव उत्कृष्ट रहेको बताउदै आफ्ना फ्यानहरुलाई धन्यवाद समेत दिएका छन् ।
“आज, म सबै ढाँचामा पाकिस्तानको कप्तानबाट राजीनामा गर्दै छु। यो कठिन निर्णय हो । तर मलाई लाग्छ कि यो निर्णयको लागि सही समय हो ।
म तीनवटै ढाँचामा खेलाडीको रूपमा पाकिस्तानको प्रतिनिधित्व गरिरहने छु,” बाबरले भने, “म आफ्नो अनुभव र समर्पणका साथ नयाँ कप्तान र टोलीलाई समर्थन गर्न यहाँ आएको छु। मलाई यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पिनुभएकोमा म पाकिस्तान क्रिकेट बोर्डलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”
भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले खराब प्रदर्शन गरेपछि कप्तान बाबरको चर्को आलोचना भएको थियो ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.