
काठमाडौँ । जारी आईसीसी महिला टी–२० विश्वकपमा न्यूजील्याण्डले भारतलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा न्यूजिल्याण्डले भारतलाई ५८ रनले पराजित गरेको हो ।
न्यूजिल्याण्डले दिएको १६१ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभरमा अल आउट हुँदै १०२ रन मात्र बनाएको थियो । यस अघि टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै १६० रन बनाएको थियो । अब न्यूजिल्याण्डले अर्को खेल मंगलबार अस्ट्रेलियाविरुद्ध खेल्ने छ भने भारतले आइतबार पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.