सरकार परिवर्तनको हल्ला निराधार: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तनको हल्ला निराधार भएको बताएका छन् ।

६९ औं प्रहरी दिवसका अवसरमा बुधबार प्रहरी मुख्यालय नक्सालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले दसैँपछि सरकार परिवर्तन हुने हल्ला निराधार भएको भन्दै अहिलेको गठबन्धनको सरकार पूरै अवधि चल्ने बताए ।

ठूलो योगदान र इतिहास बोकेका नेपाली कांग्रेस र एमाले मिलेर अहिले बनेको दुईतिहाइको सरकार खरानीको डल्लो नभएको उनले बताए । प्रधानमन्त्री ओलीले देशलाई परिवर्तन गर्न ठूला दल मिलेर सरकार बनेको स्पष्ट पारे ।

आफूले एक वर्ष ९ महिना नेतृत्व गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले आगामी आमनिर्वाचन कांग्रेस सभापति देउवाको नेतृत्वमा हुनेसमेत बताए ।

उनले अहिलेको संविधान र प्रणालीको रक्षा गर्दै जनताको अधिकारलाई सुदृढ बनाइने जिकिर गरे । उनले प्रहरीसम्बन्धी कानून छिट्टै पारित गर्ने र प्रहरीमा नयाँ दिनको उदय हुने बताए ।

समारोहमा नेपाल प्रहरीबाट कवाज, झाँकी तथा डेमोन्स्ट्रेशन र नेपाल प्रहरीको इतिहासदेखि कार्य प्रकृतिसम्म झल्कने प्रस्तुति देखाइएको थियो ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading