प्रहरी दिवसमा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान

नेपाल प्रहरी नेपालको गैर-सैनिक प्रहरी सेवा हो । यसको औपचारिक स्थापना वि. सं २०१२ सालको ‘प्रहरी ऐन’ जारी भएपछि आश्विन महिनामा भएको हो ।

शान्ति-सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको थियो । यसै साल चन्द्र शमशेरले पहिलो पुलिस सवाल जारी गरी वीरगञ्जको शान्ति-सुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पेका थिए । अगष्ट १९१४ मा चन्द्र शमशेरले अङ्ग्रेज सरकारलाई ८००० फौज तत्कालै सहयोग पठाउन स्वीकार गरे। चन्द्र शमशेर कै शासनकालमा सन् १९२८ सम्ममा तराईका अन्य जिल्लाहरूमा पुलिस गोश्वरा, थाना तथा चौकीहरू स्थापना गर्न चन्द्र शमशेरले विभिन्न सवालहरू जारी गराए। सन् १९१९ (वि.सं. १९७६ पौष)को अन्त्यतिर चन्द्र शमशेरले काठमाडौँ उपत्यकाको शान्ति-सुरक्षाको व्यवस्था प्रहरीलाई सुम्पिने हेतू जिल्ला-पुलिस इन्स्पेक्टर सवाल जारी गरे। यस सवालले काठमाडौँ उपत्यकामा शान्ति-सुरक्षाका निमित्त एउटा सदर पुलिस गोश्वरा, ६ थाना र १७ चौकी खडा गरी सदर पुलिस गोश्वारा हनुमान ढोकामा स्थापना गरीयो भने ६ थानामध्ये चार थानाहरू क्षेत्रपाटी, असन, कालभैरव र जैसीदेवलमा तथा बाँकी २ थाना ललितपुर र भक्तपुरमा एक एक खडा गरिए। बाँकी चौकीहरू उपत्यकाको शहरी क्षेत्र वरिपरि स्थापना गरिए ।

२००७ सालको क्रान्ति पश्चात नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाईएको थियो। तोरण शमशेर ज.ब.रा. पहिलो प्रहरी महानिरिक्षकका (IGP) रूपमा नियुक्त भएका थिए। सन १९५५ मा प्रहरी व्यवस्थामा बिद्यमान कमजोरीलाई हटाइ यसलाई सङ्गठनात्मक रूपमा सुदृढ पार्न तत्कालिन राजा महेन्द्रबाट प्रहरी सुधार आयोगको गठन भयो। यसको सुझावको आधारमा सन् १९५५ (वि.सं. २०१२)मा प्रहरी सङ्गठनलाई नेपाल पुलिस फोर्सको रूपमा बैधानिक स्वरूप प्रदान गरियो।

पृष्ठभूमि लोक कल्याणकारी राज्यको अवधारणा अनुरूप नागरिकको जिउ धनको सुरक्षा गर्न, शान्ति सुव्यवस्था कायम गर्न, मानव अधिकारको संरक्षण गर्न एवं जनकल्याणकारी सेवाहरू प्रदान गर्ने संागठनिक उदेश्य पूर्ति गर्न नेपाल प्रहरी सङ्गठन भित्र विभिन्न विभाग, निर्देशनालय, व्यूरो, तथा महाशाखा शाखाहरूको स्थापना गरिएको छ। यसै अनुरूप अपराध अनुसन्धान विभाग पनि एक महत्त्वपूर्ण विभाग हो। अपराधिक क्षेत्रमा देखिएको चुनौतिहरूको सामना गर्न अपराध अनुसन्धान विभागको स्थापना हुनु पर्ने भन्ने प्रहरी सुझाव आयोग वि.सं.२००८को सुझाव अनुसार वि.सं. २००८ सालमा Central Intelligence Bureau स्थापनाभई एउटा महाशाखाको रूपमा काम गर्दै आएकोमा वि.सं.२०४९ साल पछि यस अपराध अनुसन्धान विभागको स्थापना भएको पाईन्छ।

नेपाल प्रहरीको प्रशासनिक सङ्गठनात्मक संरचना अनुसार अपराध अनुसन्धान विभाग प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहतमा रहेको छ। प्रहरीमा उपलव्ध साधन श्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने यस विभागको प्रमुख उदेश्य रहेको छ। यसका लागि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग तथा मातहतमा ४०१, काठमाडौँ उपत्यका भित्र १७१ र सो वाहेक पाँचवटा क्षेत्रिय प्रहरी कार्यालयहरूमा १७११ गरी अपराध अनुसन्धान समूह तर्फजम्मा २३७५ जना कर्मचारीहरूको दरवन्दी रहेको छ जुन नेपाल प्रहरीको कूल दरवन्दी संख्या ५६०६९को ४.२३ प्रतिशत मात्र हो।

यसरी सिमित श्रोत र साधनका वावजुद पनि यस अपराध अनुसन्धान विभागले देशका ७५ वटै जिल्ला प्रहरी कार्यालयहरू, १४ अञ्चल प्रहरी कार्यालयहरू, ५ क्षेत्रीय प्रहरी कार्यालयहरू तथा महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट भएको अपराध अनुसन्धान तथा नियन्त्रण कार्यको निरीक्षण, अनुगमन तथा सुपरिवेक्षण गरी सांगठनिक लक्ष्य पूर्तिकालागि अहम भूमिका निर्वाह गर्दै आइरहेको छ। अतः यस कार्यलाई समयानुकुल प्रभावकारी बनाउन यस विभाग अर्न्तर्गत अपराध अनुसन्धान व्यूरो तथा नियन्त्रण व्यूरो स्थापना हुनुका साथै उक्त व्यूरोहरू मातहत रहनेगरी विभिन्न महाशाखाहरू, शाखाहरू रहेका छन्। त्यसैगरी नेपाल सरकारको मिति २०६५।०९।०६ गतेको निर्णयअनुसार यस विभाग मातहतमा प्र.ना.म.नि.प्रमुख रहने गरी महिला तथा बालवालिका सेवा निर्देशनालयको पनि स्थापना भएको छ ।

लक्ष्यहरू प्रचलित राष्ट्रिय तथा अर्न्तराष्ट्रिय कानुनी व्यवस्था अनुसार उक्त कानुनको अधिनमारही प्रभावकारी ढंगबाट अपराध नियन्त्रण तथा अनुसन्धानगर्दै आमनागरिकहरूलाई न्यायको प्रत्याभूति दिलाउनु यस विभागको मूख्य लक्ष रहेको छ।

हालै ६९औँ प्रहरी दिवसका अवसरमा आज उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

यस वर्षको नेपाल प्रहरी कार्यदक्षता मूल्यांकन-२०८१ मा प्रदेश प्रहरी कार्यालयमध्ये उत्कृष्ट व्यवस्थापक विधातर्फ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब महानिरीक्षक रविन्द्र केसी र उत्कृष्ट सिर्जनशील कार्यतर्फ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङलाई पुरस्कार प्रदान गरिएको छ । 

नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्यांकन (पुलिस व्याटन) २०८१ अन्तर्गत आ-आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक ध्रुवराज राउत, प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अविनारायण काफ्ले, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक अपिलराज बोहरा, काठमाडौँ उपत्यका विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरलाई पनि सम्मान गरिएको छ ।

यस्तै प्रदेश प्रहरी गण पोखराका प्रहरी उपरीक्षक अनन्तराम शर्मा, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्द, इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक शोभा पाण्डे, नेपाल प्रहरी विद्यालय सुर्खेतका प्रहरी निरीक्षक चक्रबहादुर डम्बर पाल, इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका प्रहरी निरीक्षक गौरीप्रसाद जैसी, प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक नवीन चुदालीलाई पनि सम्मान गरिएको छ ।

सोही विधामा प्रहरी चौकी सत्ती कैलालीका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर चन्द, नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरका प्रहरी नायब निरीक्षक जोखबहादुर विक, प्रहरी चौकी चैनपुर चितवनका प्रहरी सहायक निरीक्षक गोविन्दबहादुर महतो, प्रदेश प्रहरी गण हेटौँडाका प्रहरी हवल्दार पारेश्वर भण्डारी र प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी जवान ध्रुवनाथ चौवेलाई प्रशंसा पत्र एवम् पुरस्कार प्रदान गरिएको थियो ।

उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी उपरीक्षक सञ्जय सिंह थापा, प्रहरी नायब उपरीक्षक ईश्वर थापा, प्रहरी वरिष्ठ नायब निरीक्षक ऋषिकेश सुवेदी, प्रहरी नायब निरीक्षक जीवनकुमार कार्की र प्रहरी नायब निरीक्षक सुवाष यादवलाई पनि महानिरीक्षक कुँवरले प्रशंसा पत्र प्रदान गरे ।

समारोहमा उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी नायब उपरीक्षक यमकुमार श्रेष्ठ, उच्च व्यावसायिक आचरणतर्फ प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्का, उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक जितेश दाहाल, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी वरिष्ठ नायब निरीक्षक विजय महतलाई सम्मान गरिएको छ  ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी नायब निरीक्षक संगीता रसैली, प्रहरी सहायक निरीक्षक पविता थापा, प्रहरी सहायक निरीक्षक सजिना चौगुठी, प्रहरी जवान जानकी अधिकारी र प्रहरी जवान दुरा कार्कीलाई पनि सम्मान गरिएको छ ।

उत्कृष्ट विपद् व्यवस्थापन कार्य गर्ने प्रहरी निरीक्षक शत्रुधनकुमार महतो, प्रहरी हवल्दार दीपक सिंह, प्रहरी सहायक हवल्दार सुमन रायमाझी, प्रहरी जवान दीपक भण्डारी, प्रहरी जवान मिलन लामिछाने, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी वरिष्ठ नायब निरीक्षक सुमन थापा, उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक युवराज बस्नेत र प्रहरी जवान विमला चौधरीलाई पनि सम्मान गरिएको छ ।

उत्कृष्ट खेलाडी प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक रूपेशकुमार बिष्टलाई सम्मान पत्र तथा नगद पुरस्कार प्रदान गरियो । साथै नेपाल प्रहरी स्मारक गुठिका सात जना आजीवन सदस्यलाई कदर पत्र प्रदान गरियो ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading