
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा जुलुस सुरु भएको हो ।
माओवादीले बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको संयुक्त पहलमा जनप्रदर्शनसहित खबरदारीसभा गर्न लागेको हो। सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाका पालिकाहरुबाट कार्यकर्ताहरुको सहभागिता रहने छ ।
बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा गर्न लागिएको जनप्रदर्शनसहित खबरदारी सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्वोधन गर्नेछन्। प्रदर्शनमा ३० हजार कार्यकर्ता काठमाडौंमा उतार्ने माओवादीको तयारी छ। प्रदर्शनमा पार्टीका सबै जनवर्गीय संगठनलाई जनप्रदर्शनसहित खबरदारीसभा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.