
काठमाडौँ । अमेरिकामा राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ र मतगणना शुरु हुने क्रममा रहेको छ । केहि राज्यमा मतदान भईरहेको छ भने केहि राज्यमा मतगणना शुरु भएको छ । बिबिसीका अनुसार इन्डियाना र केन्टुकी राज्यमा डोनाल्ड ट्रम्पले जितेका छन् र कुल १९ इलेक्ट्रोरल भोट जितेका छन् । त्यस्तै कमला ह्यारिसले भेरमोन्ट राज्यमा जितेर ३ इलेक्टोरल भोट जितेकी छन् ।
अमेरिका राष्ट्रपति चुनावमा मतगणनाको नतिजा आइरहेको छ । ५० राज्यमध्ये ३० राज्यको नतिजा आइसकेको छ । नतिजा आएको मध्ये २० मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १० मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले जित हासिल गरेकी छन् ।
अहिलेसम्मको मतगणनामा यसअघि अनुमान गरिएको भन्दा केही फरक परिणाम नआएको अमेरिकी सञ्चार माध्यमहरूले लेखेका छन् । मतगणना गर्ने विधि राज्य अनुसार फरक फरक रहेका छन्, साथै प्रयोग गरिने उपकरण पनि फरक रहेको बताइएको छ । कतिपय ठाउँमा मतपत्रहरूलाई स्क्यानरमा राखिन्छ भने अन्य ठाउँमा मत रेकर्ड गर्न टचस्क्रिन प्रणाली वा मतपत्र चिन्ह लगाउने यन्त्र प्रयोग गरिएको छ ।
मतगणनाका क्रममा कुनै अवरोध भएमा, कानुनी चुनौति आएमा वा अस्थायी मतपत्रसँग सम्बन्धित कुनै समस्या उत्पन्न भएमा प्रक्रिया सुस्त हुन सक्छ । धेरै कानूनी चुनौतीहरू पहिले नै दायर गरिएको छ । यदि चुनावी परिणाम दुवैको पक्षमा नआएको खण्डमा नतिजाको लागि सर्वोच्च अदालत पुग्नुपर्ने हुनसक्छ । यदि दुई उम्मेदवारको बीचमा मतान्तर निकै कम भएमा सर्वोच्च अदालतले अन्तिम फैसला दिनुपर्ने हुन्छ ।
चुनावसम्बन्धी धेरैजसो मुद्दाहरू सर्वोच्च अदालतसम्म पुग्दैनन् । तर निर्वाचनसम्बन्धी ठूलै बहस सर्वोच्चसम्म पुग्छ नै । सन् २००० मा भएको चुनावी विवाद सर्वोच्चसम्म पुगेको थियो । त्यो चुनावमा फ्लोरिडामा कुनै पनि एक पार्टीले स्पष्ट बहुमत ल्याउन सकेको थिएन ।
सर्वोच्चमा पुगेको उक्त विवादको फैसला रिपब्लिकन पार्टीको पक्षमा आएको थियो ।
राष्ट्रपति चुनावसँगै भइरहेको संसदीय चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीले अग्रता कायम गरिरहेको छ । यो चुनावमा ट्रम्पले जितेमा ४ वर्षपछि पुनः ह्वाइटहाउस फर्कनेछन् । ह्यारिसले जितेमा पहिलो अमेरिकी महिला राष्ट्रपतिको इतिहास बनाउनेछिन् । पछिल्ला ५ चुनावमा ३ वटा जित डेमोक्रेटिक पार्टीले निकालेको छ ।
प्रत्येक राज्यको पुन: गणनाको लागि आफ्नै प्रक्रिया छ, साथै यो किन गरिनु पर्छ भनेर यसको आफ्नै नियम र नियमहरू छन् । पेन्सिल्भेनिया र मिशिगन जस्ता स्विङ स्टेटहरूमा, प्रत्येक उम्मेद्वारले प्राप्त गरेको मतको संख्या धेरै नजिक हुँदा पुन: गणना स्वतः ट्रिगर हुने बताइएको छ । राष्ट्रपतिको निर्वाचन जित्नका लागि उम्मेदवारले कुल ५३८ मध्ये २७० इलेक्टोरल भोटको बहुमत प्राप्त गर्नुपर्ने हुन्छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.