
काठमाडौं । पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको निधन भएको छ । गोरखा जिल्लाको साविक बुङ्कोट गाविसमा जन्मिएका वाग्ले पर्यटन व्यवसायमा निकै अव्वल र सफल व्यक्तिका रुपमा चिर परिचित थिए । उनी नेपाली कांग्रेसका पूर्वउपभापति तथा पूर्वमन्त्री चीरञ्जीवी वाग्लेका छोरा हुन् ।
गोरखाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका वाग्लेको काठमाडौं ह्याम्स अस्पतालमा उपचार क्रममा आइतबार निधन भएको हो । ५५ वर्षीय वाग्लेको निधनमा पर्यटन व्यवसायी तथा कांग्रेस नेता–कार्यकर्ताले दुःख व्यक्त गरेका छन् ।
एडभेन्चर माउन्टेन एक्स्प्लोर ट्रेक्स एन्ड एक्स्पिडिसन (एमिको) का सञ्चालक वाग्लेले इमानदार पर्यटन व्यवसायीको छवि बनाएका थिए ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.