
- कानुनमा विभिन्न थरीका व्यवस्था भए तापनि हनी ट्र्याप गर्ने समूहहरु जताततै तीव्ररुपमा फैलिरहेको देखिन्छ । त्यसको कारण के हो भन्ने बारेमा कसैको ध्यान आकर्षण भएको देखिन्न । समस्याको किनारा लगाउनको लागि वास्तवमा हामी समस्याको जरासम्म पुग्नुपर्ने आवश्यकता हुन्छ ।
- सरी ठगी गर्न नहुने भनी मुलुकी अपराध संहिता २०७४ ले विभिन्न कानुनी प्रावधानहरुको व्यवस्था गरेको छ । जस्तै– मुलुकी अपराध संहिता २०७४ दफा २५३ ले आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने भनेको छ ।
जीवन शर्मा/निगरानी ब्युरो, काठमाडौं । सामाजिक सञ्जाल यस्तो माध्यम हो जसको सहायताबाट हामी मानव समुदायहरु एक आपसमा अन्तरक्रियात्मक भावनालाई सक्रिय गराई विभिन्न सामाजिक तथा व्यवसायिक कार्यहरूको सुरुवात तथा सम्पन्न गर्न सक्छौँ। सामाजिक सञ्जालको सुरुवात सन् १९९७ मा ‘सिक्स डिग्री डट कम’बाट भएको थियो। त्यस यताको यात्रामा यसले विकास र पहुँचको ठुलो फड्को मारेको छ ।
संसारभरका तीन अर्ब मानिसहरु अथवा विश्वको पूरा जनसंख्याको झण्डै ४०% मानिसहरु समाजिक सञ्जालको प्रयोग गर्दछन्। यसका थुप्रै उदाहरणहरु छन् जस्तै:- ट्विटर (एक्स), भाइबर, फेसबुक, युट्युब, इन्स्टाग्राम आदि। ती मध्ये ‘फेसबुक’सबैभन्दा लोकप्रिय छ। फेसबुकको स्थापना सन् २००४ मा मार्क जुकरबर्गले आफ्ना सहपाठी साथीहरूसँग मिलेर स्थापना गरेका थिए ।
- सकारात्मक पक्ष:
सामाजिक प्राणी मानवजातिलाई एकआपसमा जोड्न सामाजिक सञ्जालले निकै ठूलो टेवा पुर्याएको छ । यसको प्रयोगबाट मनोरञ्जनात्मक तथा चेतनामूलक सामाग्रीहरू त प्राप्त गरिन्छ नै झन् । आजकाल त यो आम्दानीको स्रोत पनि बन्न पुगेको छ ।
हाम्रो मन मष्तिस्कमा राम्रो साथी बनी बास गरेको सामाजिक सञ्जालले बालबालिका देखि लिएर युवायुवती तथा वृद्धवृद्धाहरुमा पनि निकै राम्रो हक जमाएको छ ।
हामी संसारको जुनसुकै कुनामा रहेर पनि यसको प्रयोगबाट सारा संसारलाई नियाल्न सक्ने खुबी राख्छौँ। यसको माध्यमबाट हामी कुनै देशको राजनीतिक उथलपुथल देखि लिएर विश्वमा घटेका जल्दोबल्दो घटनाहरूको बारेमा जान्न सक्छौँ। सामाजिक सञ्जाल हाम्रो कला तथा प्रतिभाहरू प्रस्फुटन गर्ने रङ्गमञ्च बनेको छ। साथसाथै एक्लोपनको साथी बनी हाम्रा भावनाहरू व्यक्त गर्ने थलो पनि बनेको छ ।
नेपालमा जनसंख्याको झण्डै ६३% मानिसहरु समाजिक सञ्जालको प्रयोग गर्दछन्। छिटोछरितो सुचना आदानप्रदानको स्रोत बनेको सामाजिक सञ्जालले अध्ययन अनुसन्धान एवं लेखन कार्य तथा महत्वपूर्ण कागजात, फोटो, भिडियोहरु तुरुन्त आदानप्रदानमा टेवा पुर्याएको छ ।
फेसबुक जस्ता सामाजिक सञ्जालको प्रयोगबाट हामीले देश-विदेशका विभिन्न जात, धर्म, सम्प्रदायका मानिसलाई आफ्नो साथी बनाई तिनीहरूको जिवनशैली, धर्म, संस्कृतिको बारेमा जान्न, अध्ययन गर्न सक्छौँ र हाम्रो कला, धर्म, संस्कृतिलाई पनि संसारमाझ चिनाउन सक्छौँ। साथसाथै युट्युब, ट्विटर (एक्स) को प्रयोगबाट विभिन्न राजनीतिक विचार तथा एजेण्डाहरुको बारेमा जान्न सक्छौँ। त्यसैले सामाजिक सञ्जालले हामीलाई थप सामाजिक बन्न मद्दत पुर्याएको छ ।
‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्य विधि- २०७५’ अन्तर्गत सबै सरकारी कार्यालयले अनिवार्य रुपमा सेवाग्राहीलाई सुचना प्रदान गर्न सामाजिक सञ्जालको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। यसले सुचना आदानप्रदानलाई थप सहज बनाई सरकारी कार्य सम्पन्नमा मद्दत गर्दछ ।
तसर्थ सामाजिक सञ्जालको प्रयोगबाट हामी हाम्रा सारा पुराना मुल्यमान्यता भन्दा पनि पर संसारको कुनै नौलो कुराहरुको अनुभव गर्न पाइरहेका छौँ। विश्वको कुनै कुनामा रहेर पनि वर्षौदेखि बिछोडिएका साथीभाई, आफन्तजनसँगको सम्बन्धलाई निरन्तरता दिन पाइरहेका छौँ ।
- नकारात्मक असर:
तर वर्तमान परिस्थितिलाई नियाल्ने हो भने सामाजिक सञ्जालको उपयोग भन्दा पनि दुरुपयोग बढिरहेको छ। एक अध्ययन भन्छ औसत व्यक्तिले आफ्नो सुत्ने समयभन्दा बढी समय सामाजिक सञ्जालमा खर्च गर्छ। एकै परिवारका सदस्यहरु पनि एकआपसमा भेटवार्ता गर्नभन्दा पनि घोप्टो परेर मोबाइल थिच्नमा तल्लिन रहन्छन् ।
कतै यसले हाम्रो पारिवारिक मूल्यमान्यतालाई ओझेल पार्ने त हैन ? कतै सामाजिक सञ्जालको आवश्यकता भन्दा बढि प्रयोगले हामीलाई एकलकाँटे, आत्मकेन्द्रित र असामाजिक त बनाइरहेको छैन ?
अर्कोतिर हेर्ने हो भने सामाजिक सञ्जालमा बढ्दो देखावटीपनले गर्दा मानिसहरू ‘घाँटी हेरी हाड निल्नु’ भन्ने उखानलाई भुलेर ‘आलु खाएर पेँडाको धाक’तर्फ उक्लिरहेका छन्। मानिसहरूको यस्तो बद्लिदो स्वभावले एकआपसमा इर्ष्या, रिस र डाहाको रुपमा लिएको छ ।
ट्विटर (एक्स), फेसबुक, ईन्स्टाग्राम, भाइबरको आवश्यकता भन्दा बढि प्रयोगले हाम्रो पठनपाठन, स्वास्थ्य तथा दैनिकिमा कस्तो र कति नकारात्मक असर परेको छ भन्ने कुरा हामी आफैँ अड्कल लगाउन सक्छौँ । सामाजिक सञ्जालमा कोहि असल व्यक्तित्वको बारेमा ३०%ले तारिफ र ७०%ले आलोचना गर्छ भने अधिकांश मानिसहरू सत्यतथ्य पत्ता नलगाई त्यही आलोचनालाई पछ्याउँदै उसको चरित्र हत्य गर्नमा तल्लिन रहन्छन् ।
यो त सामाजिक सञ्जालको भरपुर दुरुपयोग हो। नेपालमा धेरै नेता, सामाजिक, अभियन्ता, कलाकार, खेलाडी मात्र नभएर विभिन्न सङ्घसंस्था समेत यस्तो क्रियाकलापहरुबाट पीडित हुन परेको छ । तसर्थ: सामाजिक सञ्जालको गलत प्रयोग गर्दै मानविय संवेदनासँग खेल्ने अरुको आत्मसम्मानमा ठेस पुर्याउन अग्रसर रहने पात्रहरूको कमी छैन यहाँ ।
सामाजिक सञ्जालले एउटा सामान्य मान्छेलाई सारा संसार चिनाउन सक्छ भने क्षणभरमै उसको गोपनियता भङ्ग गरिदिन पनि सक्छ। केहि समयअघि ‘नेपाली बेबिज’ नामक ग्रुपले नेपाली युवतिका फोटो दुरुपयोग गरी ती फोटोमा हेर्नै नसकिने गरी अस्लिल छेडखानी गरीरहेको थियो। पिडित युवतीहरुले सो कुरा चाल पाए पछि साइबर ब्युरोमा उजुरी दिएका। त्यसपछि विभिन्न प्रयासपश्चात ती फोटाहरु हटाइएका थिए ।
हालसम्म साइबर अपराधसम्बन्धी ९ सय भन्दा बढी उजुरी दर्ता भएकोमा अधिकांश चरित्रहत्या सँग जोडिएका छन् । महानगरिय प्रहरी अपराध महाशाखाको साइबर सेलको तथ्याङ्क अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा नक्कली आइडि बनाएर चरित्रहत्या गर्ने घटना बढेका छन् । जुन सुकै बेला साइबर अपराधले छानवीन एवम् सोधखोज गर्न सक्छ ।
- सामाजिक सञ्जालमा कुनै पनि जातजाति समुदाय धर्म संस्कृतिको बारेमा जथाभावी गरिने टिकाटिप्पणीले कताकति धार्मिक र जातीय सहिष्णुतामाथि निरन्तर प्रहार त गरिरहेको छैन ?
- कसैको मृत्यु भयो भने शवको छेउमा उभिएर फोटो खिच्न र सामाजिक सञ्जालमा पोस्ट्याउँन हताय गर्न प्रवृत्ति; के यो मानविय संबेदनहिनताको पराकाष्ठा हैन ?
- के यहि हो त सामाजिक सञ्जालको उचित प्रयोग ?
- पक्कै पनि हैन। यसबाट के प्रष्ट हुन्छ भने सामाजिक सञ्जालले ‘असामाजिक’ सञ्जालको रुप लिइरहेको छ !
हालसालै एक्स्, फेसबुक युट्युब जस्ता सामाजिक सञ्जालमा नेपालविरुद्ध भारतीय ‘प्रोपोगान्डा’ व्यापक रूपमा फैलिएको थियो । नेपालका सम्माननीय प्रधानमन्त्री विरुद्ध निकै निच र झूठा आरोपहरू लगाइएको थियो । यसबाट भारतीय मिडियाको नाङ्गो रुप प्रष्ट देख्न सकिन्छ । अझै धेरै भन्दा धेरै भिउज कमाउने हेतुले निकै निच, असभ्य र झूठा हेडलाईन राखेर भिडियो बनाइ सोझासाझा नागरिकलाई झुक्याउनेहरु उम्रिएका छन् यहाँ । केहि बर्षअघि मात्र नेपाल टुरिजम बोर्डमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सहभागी भर्चुअल बैठकमा आकस्मिक रुपमा यौनजन्य तस्वीर देखिएपछि कार्यक्रम तत्कालै रद्द गर्नुपरेको थियो । यस विषयको छानविन हुने क्रममा सञ्चार प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, नेपाल दुरसञ्चार प्राधिकरणका प्रबन्ध निर्देशक पुरुषोत्तम खनालले सामाजिक सञ्जाललाई व्यवस्थित तुल्याउन विभिन्न कोसिस भएपनि प्रभावकारी कानुनको अभावमा साइबर अपराधबाट पीडित हुनुपरेको बताएका थिए ।
हालै प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन विशेष अपिल जारी गरेको छ ।
नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्नेसहित तथ्यपूर्ण समाचारका लागि आज (मंगलबार) विशेष अपिल जारी गरको हो । सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ ।
सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा युट्युब, अनलाइन टिभीसहित सामाजिक सञ्जालको पेजहरूको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन प्रेस काउन्सिलले बेग्लै कार्यविधि बनाई कार्यान्वयन गरिरहेको उल्लेख छ ।
सञ्चार माध्यमअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल एवम् फेसबुक पेज) बाट सम्प्रेषित सामग्रीका सम्बन्धमा उजुरी आएमा वा स्वअनुगमनबाट देखिएमा त्यस्ता सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको व्यवस्था बमोजिम नै कारबाही भइरहेको र अन्य सामाजिक सञ्जालबाट अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, अन्धविश्वासलाई प्रश्रय दिने, अशिष्ट÷अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण भएको देखिएमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गर्ने गरिएको काउन्सिलले जनाएको छ ।
पछिल्लो समय कतिपय सामाजिक सञ्जाल (युट्युब-फेसबुक पेज) बाट प्रचलित कानुनअनुसार दर्ता भइ स्थापित सञ्चार माध्यमप्रति वितृष्णा फैलाउने गरी गलत भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा जनाइएको छ । सञ्चार माध्यमको विश्वास नगर्न, अहिले सामाजिक सञ्जाल नै आधिकारिक माध्यम हुन् भन्ने जस्ता भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ, त्यसमा उल्लेख छ ।
- सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण,
- गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेको,
- सामाजिक सञ्जालमा भेटिने कतिपय अमर्यादित,
- अशिष्ट र तथ्यहीन सामग्रीले जनमानसमा अन्योल समेत सिर्जना,
काउन्सिलले यस्ता गतिविधिलाई गम्भीररूपमा लिइ समस्या समाधानका लागि राज्यका निकायहरूसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको काउन्सिलले जनाएको छ ।
मिडियाको आवरणमा रहेका पेज, ग्रुपसहितमा आबद्ध व्यक्तिहरूले विज्ञापनका लागि अनावश्यक दबाब दिने, अन्य ‘बार्गेनिङ’ गर्ने र मागबमोजिम नभएमा वा विज्ञापन दिन अस्वीकार गरेमा त्यस संस्था, कम्पनी एवम् व्यक्तिको बारेमा तथ्यहीन, आधारहीन, अपुष्ट आरोपहरू लगाई मिथ्या सूचना प्रकाशन-प्रसारण गर्ने गरेको भनी गुनासाहरू प्राप्त भइरहेका छन् । यस्ता गतिविधिहरुलाई तत्काल रोक्न प्रेस काउन्सिल सम्बद्ध सबैलाई सचेत गराउन चाहन्छ, विज्ञप्तिमा भनिएको छ ।
सामाजिक सञ्जालले सत्य, तथ्य एवम् सन्तुलित सुचना प्रवाह गर्न सके मात्र यसप्रति जनविश्वास बढ्छ । कुनै सुचना प्रकाशित गर्नुअघि विश्वसनीयताको परीक्षण गर्नुपर्दछ । आफूले सम्प्रेषण गरेका सामग्रीउपर हुने विचार वा कमेन्टहरूबाट सिर्जित परिस्थितिको सार्वजनिक एवम् कानुनी जवाफदेहिता पनि स्वयम् सञ्चार माध्यम एवम् सम्वद्ध सामाजिक सञ्जालको हुनेतर्फ काउन्सिलले सजग समेत गराएको छ ।
आधिकारिक र विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुन्छ । सामाजिक सञ्जालहरु पनि त्यसैका लागि सदुपयोग गर्न सके अहिले देखिएका कतिपय भ्रमहरु आफै हट्दै जाने काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको धारणा छ ।
प्रेस काउन्सिलले लागु गरेको कार्यविधिमा आमसञ्चार माध्यमलेझैं सामाजिक सञ्जाल (युट्युब च्यानल तथा फेसबुक पेजहरु) ले सञ्चालक र कार्यालय ठेगानासहित पूर्ण विवरण खुलाउनुपर्ने प्रष्ट उल्लेख गरेको छ । कानुनी प्रक्रिया पूरा नगरी चलाएका सञ्जालबाट सम्प्रेषित सामग्रीबाट प्रचलित कानुन उल्लङ्घन भए आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।
विज्ञप्तिमा सञ्चार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्ने उल्लेख गर्दै संविधान र कानुनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पालना गर्न, गराउन साथै गल्ती सच्याउने आम सञ्चारमाध्यमको प्रतिवद्धतालाई सम्मान गर्नेतर्फ काउन्सिल सदैव सचेत एवम्क्रियाशील भएको उल्लेख छ ।
सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजलाई प्रचलित कानुन र आचासंहिताको पालना गरी सूचना सम्प्रेषण गर्न सम्बद्ध सबैमा काउन्सिल आग्रह समेत गरेको छ । साथै मिडियाको दुरुपयोग गर्ने, भ्रम छर्ने, विज्ञापनलगायत ‘बार्गेनिङ’ गर्ने र मागबमोजिम नभएमा धम्की दिने, तथ्यहीन सामग्री प्रकाशन-प्रसारण गर्ने जस्ता गैरपेशागत आचरण प्रस्तुत नगर्न, नगराउन समेत विज्ञप्तिमार्फत काउन्सिलले विशेष अपिल गरेको छ ।
- किन हुदै छ ! हनि ट्र्यापमा संलग्न समुह सक्रिय हुदै !!
अंग्रेजी शब्द हनीको अर्थ मह भन्ने बुझिन्छ भने ट्र्याप भन्नाले जालमा पार्ने भनेर बुझिन्छ । केही समययता नेपाली अपराध अनुसन्धानमा एउटा शब्द निकै चर्चित भएको छ । त्यो चर्चित शब्द हो, हनी ट्र्याप । महजस्तै मीठो वा राम्रो चिजको माध्यमले कुनै व्यक्तिलाई ट्र्यापमा पारिन्छ भने त्यसलाई सामान्य बुझाइमा हनी ट्र्याप भनिन्छ । यो शब्द हेर्दा र सुन्दा जति सरल र सूक्ष्म देखिन्छ त्यति सरल नभई अति नै बृहत् र फराकिलो भएको पाइन्छ ।
यदि हामीले हनी ट्र्याप भन्ने विषय कहाँ प्रयोग भएको छ भनी विगतलाई नियाल्ने हो भने प्रहरीहरुले कुनै घटना वा व्यक्तिलाई अनुसन्धान गर्दा अनुसन्धानको क्रममा प्रमाणहरु संकलन गर्नको निमित्त शंकास्पद व्यक्तिलाई कुनै किसिमको प्रलोभन देखाई हनी ट्र्यापमा पारेकोे पाइन्छ । त्यस्तै गरी राजनीतिज्ञहरुले आफ््नो स्वार्थ अनुरुपको राजनीतिक लाभ लिनको लागि कसैलाई परिपञ्चमा पार्नुपरेको खण्डमा यसको प्रयोग गरेको पाइन्छ । हाल आएर देशको परिस्थिति, सामाजिक कुरीति, महँगाइ, कमजोर आर्थिक हैसियत, साक्षरताको कमीको कारण छिट्टै सजिलो तरिकाले आर्थिक आम्दानी गर्ने हेतु हनी ट्र्याप गर्ने प्रविधि बढेको छ ।
विदेशतिर नियाल्ने हो भने स्क्यामरहरुले राम्रो जागिर दिलाइदिने नाउँमा, राम्रो घर वा कोठा खोजिदिने नाउँमा, घरमै बसी–बसी सजिलो तरिकाले आम्दानी गराइदिने नाउँमा, भारी रकमको चिठ्ठा पारिदिएको भन्ने बहानामा यसलाई प्रयोग गरेको पाइन्छ । हामीकहाँ कसैलाई अनैतिक वा अवैध यौन व्यवहारमा फसाएर आर्थिक लाभ लिनको लागि यसको प्रयोग भएको पाइन्छ ।
यदि उनीहरुको मागबमोजिमको कार्य नगरेमा वा मागेको रकम नदिएमा प्रहरीमा जाने धम्की दिन्छन् । प्रहरीलाई सम्पूर्ण प्रमाणहरु पेस गरी जबरजस्ती करणीको मुद्दा लगाएर जीवनभर कारागारमा कुहाइदिने अनि पारिवारिक जीवनलाई समेत तहसनहस बनाइदिने भनी नकारात्मक परिणामहरुको धम्की दिन्छन् ।
हो जस्को ज्वालन्त एदाहारण यस घटनालाई लिन सकिन्छ । हालै नेपाल प्रहरीले हनि ट्रयापको धन्दामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ७ घर भइ काठमाडौंको बौद्व बस्दै आएका २० वर्षकी सिर्जना तामाङ र सिन्धुपाल्चोककै जुगल गाउपालिका वडा नम्बर ५ घर भइ काठमाडौंको मुलपानीमा बस्ने २९ वर्षका लिलाबहादुर तामाङ रहेका छन् ।
महिला र पुरुषको समुहलाई सामाजिक संजाल मार्फत परिचालन गरेर फोन आदानप्रदान गरी सम्पर्क तथा प्रत्यक्ष भेटघाट गराई अश्लिल भिडियो बनाई उक्त भिडियो पिडितलाई पठाएर ब्ल्याकमेल गरी रकम असुल गर्ने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
- ‘हनि ट्रयाप’ जालोमा युवक फसाउने भावनाको कथा
हनि ट्रयापको अभियोगमा प्रहरी हिरासतमा रहेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
सोमबार थुनछेक प्रयोजनका लागि भएको सुनुवाइपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएका हुन् । ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातमा फुर्वा मोक्तानले दिएको जाहेरीका आधारमा भक्तपुर प्रहरी परिसरले प्रतिवेदन तयार पारी सरकारले भावनाविरुद्ध भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
सम्पत्ति हत्याउन पटकपटक बिवाह गर्ने र विवाह गरेपछि सम्पत्ति लिएर सम्बन्धविच्छेद गर्ने गरेको प्रमाण भेटिएपछि रौतहट स्थायी घर भएका फुर्वा मोक्तानले भावना तामाङविरुद्ध १ करोड ४५ लाख रुपैयाँ बराबरको सम्पत्ति हडपेको भन्दै असार १० गते शुक्रबार भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
आफू मलेसियामा रहँदै गर्दा फेसबुकमा फ्रेण्ड रिक्वेष्ट पठाएर आफूलाई अविवाहित हो भनी विश्वास दिलाएको, बिवाहको प्रलोभन देखाएर बिवाहको नाटकसमेत गरी आफूसँग करिब १ करोड ४५ लाख रुपैयाँ नगद लिएको र पछि सम्पर्कविच्छेद भएको भन्दै उनीविरुद्ध उजुरी गरेका थिए ।
यसरी हनि ट्रयापका मुद्दामा भक्तपुर जिल्ला अदालतले प्रतिवादी भावना तामाङलाई थुनाभित्रै रहेर मुद्दाको पुर्पक्ष गर्ने गरी कारागार पठाइदिएको हो ।
- के हो हनी ट्र्याप ?
हनी ट्रयापमा पारेर ठगी गर्ने प्रचलन पछिल्लो समय नेपालमा पनि निकै देखिएको छ । विदेशी मुलुकमा सुनिने यस्तो घटना नेपालमा नै सुनिन थाल्दा यस्ता आपराधिक घटनालाई नियन्त्रण गर्ने सही कानूनको आवश्यकता महसुस हुन थालेको छ ।
तर यस्ता घटनामा परेर ठगिएकाहरु थोरै मात्र सार्वजनिक हुने गरेका छन् । लोकलाजले पनि यस्ता घटनामा परेकाहरु चुप रहने गरेका कारण यस्ता अपराधको वास्तविक जरो थाहा हुन सकेको छैन ।
अंग्रेजी शब्द हनी ट्रयापलाई नेपाली शब्दानुसार व्याख्या गर्दा महको आकर्षणद्वारा कसैलाई पासोमा पार्ने भन्ने बुझिन्छ । मीठा–मीठा शब्दका जालमा पारेर मानिसलाई फसाउने कार्य हो हनी ट्रयाप । अंग्रेजी शब्दकोषअनुसार कुनै आकर्षक व्यक्तिद्वारा अर्को व्यक्तिलाई लोभ्याएर सूचना संकलन गर्ने जुक्तिलाई हनी ट्रयाप भनेको देखिन्छ ।
सुरक्षा अङ्गहरुले सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानका लागि सोसँग सम्बन्धित सूचना संकलन गर्नका लागि सुरू गरेको हनी ट्रयापको जुक्ति अहिले वित्तीय अपराधको जगमा अन्य धेरै अपराधको माध्यम बन्न पुगेको छ ।
हनी ट्रयापकोे सुरूवातीको कुरा गर्नुपर्दा राष्ट्रिय सुरक्षाका खातिर अर्को देशमा विभिन्न पद,प्रतिष्ठा र शक्तियुक्त मानिस वा अन्य आकर्षक माध्यमबाट मानिस परिचालन गरेर सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्ने, देशका योजनाबारे जासुसी गर्ने र आफ्नो प्रतिरक्षा वा आक्रमण योजना तयार गर्ने गरेको देखिन्छ । यस्तो कार्यमा विशेषगरी महिलाको प्रयोग गर्ने गरिएको छ ।
तर, आजकल दिनानुदिन खतरा र चुनौती बढ्दो छ । प्राय: महिलाको शरीर, बोलीचाली र अन्य व्यवहारकोे आकर्षणमा पुरूषहरुलाई फसाएर आफ्नो स्वार्थ सिद्ध गर्ने कलाको रुपमा विकास भएको देखिएको छ, हनी ट्रयाप ।
हनी ट्रयापमा अहिले महिलाको सुन्दरतालाई अर्थोपार्जनको हतियार बनाएर तिनै सुन्दर महिलालाई प्रयोग गरेर पुरूषहरुलाई उम्किनै नसक्ने अवस्थाको पासोमा पार्ने र जुन उद्देश्यले पासोमा पारिएको हो त्यो उद्देश्य पूरा गरेर पुरूषलाई घर, परिवार, समाजका अगाडि जिउनै नसक्ने स्थीति तयार गरिएको पाईन्छ ।
एक्काइसौँ शताब्दी विज्ञान-सञ्चारको युग, त्यसमा पनि कोभिड–१९ को सङ्क्रमण र भय अनि वैदेशिक रोजगारीले इन्टरनेटको प्रयोगलाई घर–घरमा पुर्याएको छ । व्यक्ति–व्यक्तिमा पुर्याएको छ ।
अधिकांशले इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालको प्रयोग गर्न जानेपनि सुरक्षित प्रयोग गर्न जानिसकेको अवस्था देखिँदैन । कतिले जान्न चाहेका पनि छैनन् । केही मानिसलाई सामाजिक सञ्जालको यस्तो लत लागिसकेको छ कि बरू एक–दुई दिन खानै नखान सक्छन्, तर आफूसँग इन्टरनेट भएन भने छटपटी हुन थाल्छ ।
सामाजिक सञ्जालको प्रयोगमा पनि लागूऔषधको जस्तै दुव्र्यसन फैलिँदै गएको छ । मानिसले आफ्ना परिवार, नजिकका नातेदार, साथीसँगीभन्दा सामाजिक सञ्जालका साथीसँगीसँग समय बिताउन, मनका कुरा खोल्न सहज ठान्ने गरेको देखिन्छ । दिनरात नभनी सामाजिक सञ्जालमा आफ्ना भावनाहरु प्रस्तुत गर्दा कसैको फन्दामा परेको पत्तै हुँदैन र एक्कासि यस्तो जालोमा परिन्छ कि जसबाट उम्किनै सकिँदैन, अनि जुन बेला आफूलाई थाहा हुन्छ तब अत्यन्त ढिला भइसकेको हुन्छ ।
इन्टरनेटको माध्यमबाट सम्भ्रान्त परिवारका युवाहरु एवं प्रौढ, एकल पुरूष आदिसँग कुनै अपरिचित महिलाले आफ्नै सक्कली प्रोफाइलबाट वा कुनै अन्य कुनै सुन्दरीको आकर्षक फोटो राखेको नक्कली प्रोफाइलबाट परिचयको आदानप्रदान हुन्छ । केही पाउने लालचले कुनै पुरूषले त्यसको रेस्पोन्स गरेमा उनीहरुबीचको कुराकानी यतिसम्म गहिरिन्छ, यतिसम्म विश्वासमा पर्छन् कि उनीहरु नित्तान्त व्यक्तिगत कुराकानी समेत गर्न थाल्छन् ।
तत्कालै हटाउने सर्तमा केही गोप्य तस्वीरहरु पनि शेयर हुन सक्छन्, अडियो, भिडियो पनि शेयर हुन सक्छ । बिस्तारै पिडित पक्ष धोकापूर्ण मायाजालमा पर्दै जान्छ र आफूविरूद्ध प्रमाण लाग्ने, आफू फस्न सक्ने वा आफूमाथि बार्गेनिङ हुन सक्ने सबुतहरु उसलाई जुटाउँदै जान्छ भने पिडक पक्षले त्यसको संरक्षण गर्दै राखिरहेको हुन्छ ।
त्यसबेलासम्म केही रकमको लेनदेन भइसकेको पनि हुन सक्छ । हाम्रो समाजमा श्रम गर्नुपर्छ भन्ने भावना घट्दै गएको छ । प्राय: मानिसहरु आफ्नो ज्ञान,सीप र कलाअनुसारको उपलब्ध भएको श्रम गर्न छोडेका छन्, तर देशविदेशमा देखिएका सुखसुविधाहरु उपभोग गर्ने अभिलाषा भने बढाउँदै लगेका छन् ।
- सामाजिक सञ्जाल नियमन गर्ने कानुन बन्ने
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालहरूको सञ्चालन, प्रयोग र नियमन गर्ने कानुन तयार भइरहेको बताउनुभएको छ । उहाँले डिजिटल अर्थतन्त्रले देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ३ प्रतिशत योगदान गर्ने गरी सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।
अब चाँडै अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमति लिएर संसद्मा पेस गरिने बताउँदै उहाँले यसै वर्ष कानुन निर्माणसम्बन्धी काम पूरा हुने स्पष्ट पार्नुभयो । मन्त्री गुरुङले शक्रबार राजधानीमा गुरुङ सम्पदा पदमार्गको शुभारम्भ तथा नक्सा सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो । उहाँले यस पदमार्गको शुभारम्भले मुलुकको पर्यटन विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकको हितका लागि समर्पित भएर ‘गुड फेथ’ का साथ काम गर्ने प्रयत्न गरिरहेका छौँ । यस कार्यमा सञ्चारकर्मीलगायत सबैको साथ समर्थन चाहिन्छ ।”
मुलुकमा साइबर सुरक्षासम्बन्धी ठुल्ठूला समस्या रहेको बताउँदै उहाँले सूचना प्रविधि कानुनसँग ‘मर्ज’ गरेर साइबर सुरक्षासम्बन्धी कानुन ल्याउन लागिएको जानकारी दिनुभयो । त्यसै गरी नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरणसँग सम्बन्धित कानुन बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल टेलिकमको गुणस्तर र ‘कभरेज’ बारे समेत धेरै प्रश्न उठेको उल्लेख गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले नेपाल टेलिकमको ‘कभरेज’ बढाउने र गुणस्तर निर्माण गर्ने आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नियमन गर्न नसक्दा दूरसञ्चार प्राधिकरणमा भद्रगोल र अराजकता छ, टेलिकम सेवाप्रदायक संस्थाहरू दुषित प्रतिस्पर्धा गर्छन् । अलिकति तलमाथि प¥यो भने मुद्दा हालिहाल्छन्, काम गर्नै दिँदैनन् । १५२ वटा टावर बनाउन बोलपत्र आह्वान गरिएकोमा मुद्दा हालेर त्यो बन्न दिएनन् ।”
यो त सामाजिक सञ्जालको भरपुर दुरुपयोग हो। नेपालमा धेरै नेता, सामाजिक, अभियन्ता, कलाकार, खेलाडी मात्र नभएर विभिन्न सङ्घसंस्था समेत यस्तो क्रियाकलापहरुबाट पीडित हुन परेको छ। तसर्थ सामाजिक सञ्जालको गलत प्रयोग गर्दै मानविय संवेदनासँग खेल्ने अरुको आत्मसम्मानमा ठेस पुर्याउन अग्रसर रहने पात्रहरूको कमी छैन यहाँ ।
सामाजिक सञ्जालले एउटा सामान्य मान्छेलाई सारा संसार चिनाउन सक्छ भने क्षणभरमै उसको गोपनियता भङ्ग गरिदिन पनि सक्छ। केहि समयअघि ‘नेपाली बेबिज’ नामक ग्रुपले नेपाली युवतिका फोटो दुरुपयोग गरी ती फोटोमा हेर्नै नसकिने गरी अस्लिल छेडखानी गरीरहेको थियो। पिडित युवतीहरुले सो कुरा चाल पाए पछि साइबर ब्युरोमा उजुरी दिएका। त्यसपछि विभिन्न प्रयासपश्चात ती फोटाहरु हटाइएका थिए ।
हालसम्म साइबर अपराधसम्बन्धी ४सयभन्दा बढी उजुरी दर्ता भएकोमा अधिकांश चरित्रहत्या सँग जोडिएका छन् । महानगरिय प्रहरी अपराध महाशाखाको साइबर सेलको तथ्याङ्क अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा नक्कली आइडि बनाएर चरित्रहत्या गर्ने घटना बढेका छन् ।
सामाजिक सञ्जालमा कुनै पनि जातजाति समुदाय धर्म संस्कृतिको बारेमा जथाभावी गरिने टिकाटिप्पणीले कताकति धार्मिक र जातीय सहिष्णुतामाथि निरन्तर प्रहार त गरिरहेको छैन ? कसैको मृत्यु भयो भने शवको छेउमा उभिएर फोटो खिच्न र सामाजिक सञ्जालमा पोस्ट्याउँन हताय गर्न प्रवृत्ति; के यो मानविय संबेदनहिनताको पराकाष्ठा हैन ? के यहि हो त सामाजिक सञ्जालको उचित प्रयोग ? पक्कै पनि हैन। यसबाट के प्रष्ट हुन्छ भने सामाजिक सञ्जालले ‘असामाजिक’ सञ्जालको रुप लिइरहेको छ ।
हालसालै ट्विटर फेसबुक युट्युब जस्ता सामाजिक सञ्जालमा नेपालविरुद्ध भारतीय ‘प्रोपोगान्डा’ व्यापक रूपमा फैलिएको थियो। नेपालका सम्माननीय प्रधानमन्त्री विरुद्ध निकै निच र झूठा आरोपहरू लगाइएको थियो। यसबाट भारतीय मिडियाको नाङ्गो रुप प्रष्ट देख्न सकिन्छ। अझै धेरै भन्दा धेरै भिउज कमाउने हेतुले निकै निच, असभ्य र झूठा हेडलाईन राखेर भिडियो बनाइ सोझासाझा नागरिकलाई झुक्याउने झोले युट्युवेहरु पनि च्याउजस्तै उम्रिएका छन् यहाँ ।
केहि दिनअघि मात्र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सहभागी भर्चुअल बैठकमा आकस्मिक रुपमा यौनजन्य तस्वीर देखिएपछि कार्यक्रम तत्कालै रद्द गर्नुपरेको थियो। यस विषयको छानविन हुने क्रममा सञ्चार प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, नेपाल दुरसञ्चार प्राधिकरणका प्रबन्ध निर्देशक पुरुषोत्तम खनालले सामाजिक सञ्जाललाई व्यवस्थित तुल्याउन विभिन्न कोसिस भएपनि प्रभावकारी कानुनको अभावमा साइबर अपराधबाट पीडित हुनुपरेको बताएका थिए ।
- सामाजिक सञ्जाललाई व्यवस्थित तुल्याउन के गर्नुपर्ला ?
पारिवारिक सामाजिक सञ्जालको व्यवस्थित प्रयोगमा आभिभावकको महत्वपूर्ण भूमिका रहन्छ। अभिभावक आफैँले यसमा चाहिनेभन्दा बढी समय व्यतीत गर्दै छोराछोरीले यस्तो नगरुन् भन्ने अपेक्षा गर्नु गलत हो। त्यसैले छोराछोरीले यस्को उचित प्रयोग गरून् भनेर अपेक्षा गर्ने अभिभावक आफैँले यसको उचित प्रयोग गर्न जरुरी छ ।
स-साना बालबालिकालाई चौबीसै घण्टा मोबाइल दिएर फकाउनु भन्दा पनि सानैदेखि उनीहरूको क्षमताले भ्याएसम्म को रचनात्मक कार्यहरु गर्न सिकाऔँ। कतै छोराछोरीले आफ्नै अभिभावकलाई नै सामाजिक सञ्जालबाट ब्लक गरी गलत बाटो तर्फ हिँडिरहेका त छैनन् ? त्यसैले अभिभावकले आफ्ना सन्तानको दैनिक के कस्तो हुँदैछ र सामाजिक सञ्जालमा के कस्ता क्रियाकलापहरु गरिरहेका छन् भन्ने विषयमा ध्यान दिनुपर्छ ।
गत बर्ष २०८० साउन ४ गतेका दिन भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा एकजना महिलालाई १५ महिना १५ दिन कैद र पीडितलाई सुनसहित ९० लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । उक्त मुद्दामा महिलाले आफू अविवाहित भएको भनी विवाह गर्नेे नाटक गरेकी थिइन् । जबकि ती महिलाले पहिला नै चारवटा यस्तै नाटकीय विवाह गरिसकेको भनी उनका श्रीमानले पत्ता लगाएका रहेछन् । विवाहको समयमा केटाले २५ तोला सुन र करिब १५ लाख रुपियाँ खर्च पनि गरेका रहेछन् । विवाहपश्चात् ससुरा र बूढाको श्रीसम्पत्ति उनले आफ्नो बनाइछन् ।
त्यसपछि केही सम्पत्ति आफ्नो ऋण तिर्न भनी बेच्न लगाएर बाँकी रहेको रकम आफ्नो हातमा पारी उनी जापान गइछन् अनि श्रीमान्लाई डिभोर्स गर्न दबाब दिइछिन् । त्यसपछि उनको श्रीमान्ले उनीविरुद्ध भक्तपुरमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता गराएका रहेछन् । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट ती महिला कसुरदार होइनन् भन्न नसकिने भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको रहेछ । यस अवस्थामा उनी त्यस आदेशलाई नमिलेको भनी विभिन्न तहको अदालत पुगे पनि सोही आदेश सदर भएछ । त्यसपश्चात् उनी थुनामा नै बस्न बाध्य भएकी रहिछन् ।
आफू थुनाबाट बाहिर निस्कन नपाएपछि आफूउपर मुद्दा दिई थुनाउने श्रीमान्लाई उल्टै वैवाहिक बलात्कारको आरोप लगाई मुद्दा दायर गरेकी रहिछन्, जुन मुद्दा हालसम्म विचाराधीन अवस्थामा रहेको छ ।
त्यस्तै गरी, जिल्ला प्रहरी परिसर ललितपुरले यही गएको श्रावण महिनामा हनी ट्र्यापको उजुरीकै कारण ४ जना व्यक्तिहरु समातेको समाचार प्रकाशित गरेकोे थियो । जसमा एकजना केटीले फेसबुकमा आफ्नो नाम परिवर्तन गरी फ्रेन्ड रिक्वेस्ट पठाएर केटा साथीहरु बनाइछन् । म्यासेन्जरबाट कुराकानी गरी ती केटा साथीलाई होटल जानको लागि अनुरोध गरिछन् । होटलमा लगेर सामान्य वार्तालापसमेत गरिछन् । वार्तालापपछि बहाना बनाएर होटलबाट बाहिर निस्किइछन् । त्यसपछि ती महिलाले ‘हामी बीचको सबै कुरा दाजु–भाउजूलाई थाहा भएछ, अब उहाँहरुले भनेबमोजिम गर्नुस्’ भनी सो घटनामा अर्का व्यक्तिहरुलाई सामेल गराएकी रहिछन् । ती व्यक्तिहरुले पीडितले प्रयोग गर्ने नम्बरमा कल तथा म्यासेज गर्न थालेपछि पीडितले चेक दिइसकेको रहेछ । यस्तो घटना बारम्बार ती महिलाले अन्य केटाहरुलाई घटाई पीडित बनाएको रहेछ । दुईजना पीडितले उक्त विषयमा जाहेरी दिइसकेपछि प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा ती महिलालाई कारबाही चलाएको भन्ने पाइयो ।
- सरी ठगी गर्न नहुने भनी मुलुकी अपराध संहिता २०७४ ले विभिन्न कानुनी प्रावधानहरुको व्यवस्था गरेको छ । जस्तै– मुलुकी अपराध संहिता २०७४ दफा २५३ ले आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने भनेको छ ।
वास्तवमा यस्ता प्रकृतिका घटना राजधानीमा मात्र नभई नेपालको विभिन्न जिल्लामा घटिरहेको पाइन्छ । माई रिपब्लिकाले २०७९।०८।२५ मा दाङ जिल्लामा भएको हनी ट्र्यापको बारेमा तीनजना व्यक्तिलाई प्रहरीले समातेको भन्ने खबर छापेको थियो । त्यस घटनामा महिलाले अपरिचित व्यक्तिसँग सम्बन्ध अगाडि बढाएर भारी रकम माग्न थालेकी थिइन् । घटनाको पीडितले पहिलोपटक १४ लाख रुपियाँ ती महिलालाई बुझाए तापनि निरन्तर डर र त्रास दिने कार्य भैरहेको रहेछ । उनको बारम्बारको मागलार्ई अनादर गर्दा मानसिक यातना दिन थालेपश्चात् निकै शंका लागेर प्रहरीमा उजुरी गरेको पाइयो । त्यसै गरी, नेपालगन्जमा एकजना व्यक्तिले १२ लाख दिइसकेपछि वकिलकै सहायता लिई कागज गरेर अबउप्रान्त कुनै किसिमको सम्बन्ध वा जबरजस्ती करणीको आरोप नलगाउने भनी लिखतसमेत बनाएको पाइयो ।
- कानुनमा विभिन्न थरीका व्यवस्था भए तापनि हनी ट्र्याप गर्ने समूहहरु जताततै तीव्ररुपमा फैलिरहेको देखिन्छ । त्यसको कारण के हो भन्ने बारेमा कसैको ध्यान आकर्षण भएको देखिन्न । समस्याको किनारा लगाउनको लागि वास्तवमा हामी समस्याको जरासम्म पुग्नुपर्ने आवश्यकता हुन्छ ।
यसरी ठगी गर्न नहुने भनी मुलुकी अपराध संहिता २०७४ ले विभिन्न कानुनी प्रावधानहरुको व्यवस्था गरेको छ । जस्तै– मुलुकी अपराध संहिता २०७४ दफा २५३ ले आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने भनेको छ । आपराधिक लाभ (एक्सटर्सन) भनेको कसैले कुनै व्यक्तिलाई निजको वा अरु कसैको कुनै क्षति पु¥याउने डर–त्रासमा पारी निजबाट बेइमानीपूूर्वक आफ्नो वा अरु कसैको लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको भनिन्छ भनी सोही दफामा परिभाषित गरेको छ । दफा २५३(क) मा आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अंगभंग गर्ने वा गम्भीर चोट पु¥याउने डर वा त्रास देखाएमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपियाँसम्म जरिबाना हुने व्यवस्था गरेको छ । २५३(ख) मा कसैको व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पु¥याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डर–त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र तीस हजार रुपियाँसम्म जरिबाना र माथि उल्लिखित (क) र (ख) मा लेखिएबाहेक अन्य अवस्थामा आपराधिक लाभ लिएमा एक वर्षसम्म कैद र दश हजार रुपियाँसम्म जरिबाना भनी व्यवस्था गरेको छ ।
कानुनमा विभिन्न थरीका व्यवस्था भए तापनि हनी ट्र्याप गर्ने समूहहरु जताततै तीव्ररुपमा फैलिरहेको देखिन्छ । त्यसको कारण के हो भन्ने बारेमा कसैको ध्यान आकर्षण भएको देखिन्न । समस्याको किनारा लगाउनको लागि वास्तवमा हामी समस्याको जरासम्म पुग्नुपर्ने आवश्यकता हुन्छ । यस विषयमा पीडितहरुको मनोविज्ञान हेर्दा उनीहरु कानुनद्वारा नै पीडित भएको भन्ने बुझाइ रहेको पाइन्छ । किनभने बारम्बार सबैजसो पीडितलाई जबरजस्ती करणीजस्तो संवेदनशील मुद्दाको आरोप लगाइदिने भन्ने धम्की र सो विषयमा पीडितले उजुरी दिन जाँदा आपराधिक कार्य कुन पक्षबाट भयो भन्ने मानक सम्बन्धित कार्यालयबाट नगरी उल्टै आफैँलाई पक्रेर कारबाही गर्ने हो कि भन्ने त्रासका कारण पीडितहरु कानुनको दायरामा आउन नखोजेको पाइन्छ । त्यसकारण जाहेरी लिने निकायदेखि लिएर कानुनको परिपालन गराउने निकायहरुले कुनै पनि महिला–पुरुषमा भेदभाव नराखी सबै खाले व्यक्तिको गुनासोलाई लिएर कारबाहीको दायरालाई फराकिलो बनाएमा समाजमा समयसापक्ष भइरहने यस्ता किसिमका अपराधहरु नियन्त्रण गर्न सहज हुन सक्छ ।
सामाजिक सञ्जाललाई थप व्यवस्थित बनाउनकोलागि विद्युतीय कारोबार ऐन २०६३, विद्युतीय कारोबार नियमावली २०६४ र यसका अलवा समयसमयमा नेपाल सरकारले सामाजिक सञ्जालमा जथाभाबी पोस्टहरू नराख्न सूचना दिने गरेको छ ।
विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत “इन्टरनेटमा प्रदर्शन गर्न नहुने भनी रोक लगाइएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरान गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमले अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई १लाख रुपैयाँ सम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने” भनेर उल्लेख गरिएको छ ।
यी कानूनी व्यवस्थाहरु कापीका पानामा मात्र नभएर व्यवहारमा पनि उतारिनु पर्छ । वास्तवमै भन्ने हो भने विभिन्न सकारात्मक तथा नकारात्मक असरहरु बोकेको सामाजिक सञ्जालको सदुपयोग गर्ने वा दुरुपयोग गर्ने सबै हामीमा भरपर्ने कुरा हुन्। यसका सकारात्मक पक्षलाई आत्मसात गर्न सके हामी धेरै माथि उक्लिन सक्छौं तर यसका नकारात्मक पक्ष तर्फ लाग्ने हो भने समयको बर्बादसँगै हाम्रो जिन्दगी नै ओझेल नपर्ला बन्न सकिन्न त्यसैले सजग रहौँ, सामाजिक सञ्जालको सदुपयोग गर्न सिकौँ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.
You must be logged in to post a comment.