देशव्यापी रुपमा भ्रष्टाचारविरोधी अभियान चलाउन जरुरी छ: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशव्यापी रुपमा भ्रष्टाचारविरोधी अभियान चलाउन जरुरी रहेको बताएका छन् । आज (शुक्रबार) सोमत घिमिरेद्वारा लिखित पुस्तक सामुदायिक समाजवादः विमोचन र विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्न आफू तयार रहेको बताएका हुन् ।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा मिटरव्याज पीडितहरुको पक्षमा कानुन बनाएको, नागरिकताविहीन युवाहरुलाई नागरिकता प्रदान गर्न ऐन ल्याएको, सामाजिक सुरक्षा कोषमार्फत सामाजिक न्यायको प्रत्याभूत जनतालाई गराउन प्रयास गरेको, आर्थिक संकटबाट देशलाई विस्तारै आर्थिक सहजतातिर लाने प्रयास गरेको बताए ।

भ्रष्टाचारविरुद्धको अभियान एउटा प्रधानमन्त्री, गृहमन्त्री र सरकारले मात्रै गरेर हुने बताउँदै उनले भने, ‘म के भन्न चाहन्छु भने– भ्रष्टाचारविरुद्धको अभियान अब हामीले एउटा प्रधानमन्त्री, गृहमन्त्री र एउटा सरकारले मात्रै गरेर हुने कुरा छैन । भ्रष्टाचारको विरुद्ध नयाँ अभियान देशव्यापी रुपमा चलाउन जरुरी छ । म त्यसको नेतृत्व गर्न तयार छु । तपाईँहरु सबैको साथ सहयोग आवश्यक छ । त्यो भ्रष्टाचारविरोधी अभियान नयाँ समाजवादी आन्दोलनसँग जोडिनुपर्छ ।’

उनले आफू संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलनको नेता रहेको र देशमा देखापरेको विकृति र विसंगति खासगरी भ्रष्टाचारलाई निर्मूल गर्नुपर्छ भन्ने संकल्पसहित काम गरेको बताए । उनले राज्यमा सामाजिक न्याय चाहिने र सामाजिक विभेदको अन्त्य गर्नेतिर राज्यले कदम चाल्नुपर्ने बताए ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading