आजको राशि फल

काठमाडौँ । आज शनिबार कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ । यसको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ । ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ । शनिदेवको वर्त बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराहरुबारे जानकारी लिनु आवश्यक हुन्छ ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछ। शनी भगवान सूर्यको पुत्र हो र उसको आमाको छाया छ। यमराज उनका भाइ हुन र यमुना उनकी बहिनी हुन् । जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ उसको सम्मान गर्नुपर्दछ ।

शान्त रहन हरेक शनिबार तेल दान गर्नु पर्छ। हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ। पिपल र खुर्सानीमा पानी हाल्दा फल पक्कै मिल्नेछ । शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ। हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेल को दीप जलाएर हनुमान चालीसाको पाठ गर्नुपर्दछ ।

मेष(Aries)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

तपाईंको इच्छाको मान राखिनेछ । कुनै कामविशेषले कतै निस्किनुपर्ने हुन सक्छ । कुनै विशेष कामकुराका लागि किनमेल गर्नुपर्ला ।

वृष(Taurus)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

समय आफू अनुकूल बन्दा काममा सहजता हुनेछ । मिष्ठान्न भोजनको योग रहेको छ । मनोरञ्जनात्मक कार्यमा संलग्न हुने मौका मिल्नेछ ।

मिथुन(Gemini)

का, कि, कु, घ, ङ, छ, के, को, ह

सकारात्मक सोचले गर्दा सबै कुरामा सहजता हुनेछ । जसले जेसुकै भने/गरे पनि खासै फरक पर्ने छैन । आफ्नै मनको सोची आफूलाई प्रस्तुत गर्ने प्रयास गरिनेछ ।

कर्कट(Cancer)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कुनै आर्थिक क्रियाकलापका काममा संलग्न रहनुपर्ला । मित्रवर्गसित कतैको घुमघाम हुन सक्छ । मनोरञ्जनात्मक कार्यमा संलग्न हुने मौका मिल्न सक्छ ।

सिंह(Leo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समय आफू अनुकूल बन्दै जाँदा जुनै कुरा पनि सहज लाग्नेछ । व्यक्तिगत काममा सफल भइनेछ । विभिन्न माध्यमबाट काममा सहयोग पुग्नेछ ।

कन्या(Virgo)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

समयअनुसार सहज बन्न खोजिनेछ । उपयुक्तता विचारी आफूलाई प्रस्तुत गर्ने प्रयास हुनेछ । पुनर्ताजगीका निमित्त आफ्ना लागि केही समय छुट्याइनेछ ।

तुला(Libra)

र, रि, रु, रे, रो, ता, ति, तु, ते

तन अल्छी बन्दा कुनै काममा मन नलाग्न सक्छ । मनोरञ्जनात्मक कार्यमा भने मन उत्साहित रहनेछ । कसैकसैको आज चलचित्र हेर्ने मौका जुट्न सक्छ ।

वृश्चिक(Scorpio)

तो, ना, नि, नु, ने, नो, या, यि, यु

पारिवारिक वातावरण सुखमय रहनेछ । सबै कुरा भनेअनुसार सम्पन्न हुँदा मन खुसी हुनेछ । इच्छाअनुसारको भोजन गर्ने प्रबन्ध जुट्नेछ ।

धनु(Sagittarius)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समय आफू अनुकूल बन्दा मनमा केही राहत हुनेछ । आफूलाई समय दिने प्रयास हुनेछ । पुनर्ताजगीका लागि चलचित्र हेर्न जाने मन हुन सक्छ ।

मकर(Capricorn)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कतै जानुअघि फोन सम्पर्क गरी जाँदा समयको बचत हुनेछ । कुनै कुरालाई पछि सारिन सक्छ । घरमा कसैको आगमन हुन सक्छ ।

कुम्भ(Aquarius)

गु, गे, गो, सा, सि, सु, से, सो, द

कसैको कुराले मनमा दुविधा हुन सक्छ । कसैमाथि झट्ट सजिलै विश्वास गर्न मनले अप्ठेरो मान्न सक्छ । कुनै कुराको निर्णय गर्नुअघि आफूलाई समय दिने प्रयत्न गरिनेछ ।

मीन(Pisces)

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कतैको छोटोमीठो घुमघाम हुन सक्छ । प्रायः सबै कुरा सुनियोजित ढंगले पूरा हुँदै जानेछन् । मनले खुसी हुने विभिन्न बहाना भेट्नेछ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading