रुकुम बस दुर्घटनामा चालक सहित नौ जना घाइते

मङ्सिर १ गते। रुकुमपश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठामा यात्रु बस दुर्घटना हुँदा घाइते हुनेको सङ्ख्या नौ पुगेको छ।

आठबिसकोट नगरपालिका प्रमुख रवि केसीका अनुसार काठमाडौँबाट राडीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस शनिबार दिउँसो भेरी कोरिडोरस्थित रिठा नजिकै दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी  निरीक्षक ऋषि पाठकका अनुसार घाइते हुनेमा धादिङ खाग्री गाउँपालिका-१ का ३१ वर्षीय चालक खडकबहादुर तामाङ, सोही गाउँपालिका-६ बस्ने २८ वर्षीय भीमबहादुर भुलन, रुकुम पश्चिमको आठविसकोट नगरपालिका-९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखा भीमेश्वर नगरपालिका-७ का २६ वर्षीय प्रकाश मगराठी रहनु भएको छ।

त्यसैगरी रुकुम पश्चिमको आठविसकोट नगरपालिका-११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका-८ का ४५ वर्षीया भीमकुमारी चदारा, उहाँको १० वर्षको छोरा मानबहादुर चदारा, मोरङ खेरुवा नगरपालिका-५ का  २८ वर्षीय आकाश काफ्ले र जाजरकोट नलगाड  नगरपालिका १२ की २५ वर्षीया किसङकुमारी विक पनि घाइते हुनुभएको छ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading