
काठमाडौं । केही दिनयता देशभर क्रमिक रूपमा चिसो बढेको छ । चिसोसँग तापक्रम घट्दै गएको छ ।
मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ९.९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही समयमा सोमबार (हिजो) काठमाडौंको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस थियो । आइतबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.