उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिंदै

 काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज (बुधबार) उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ। त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन निर्वाचन आयोगले समय दिएको छ। आयोगका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन्।

यसपछि दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।  मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ । ४४ पदका लागि हुन लागेको निर्वाचनमा ४१० जनाले उम्मेदवारी दिएका छन् ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading