मुलुकको अर्थतन्त्र: चार खर्बभन्दा बढी विप्रेषण आप्रवाह छैन कसैलाई देशको चिन्ता !

काठमाडौँ । आर्थिक विकास भनेको आर्थिक र गैरआर्थिक क्षेत्रहरुको सकारात्मक परिवर्तन र विकास भएको अवस्था हो । यो कुनै पनि मुलुकको अर्थव्यवस्थामा आएको सकारात्मक परिवर्तनको प्रक्रिया हो ।

आर्थिक विकास भन्नाले भौतिक संरचनाहरूको विकासका साथसाथै सामाजिक कल्याण जस्तै शिक्षा, स्वास्थ्य, सन्चार, सरसफाई आदीमा भएको गुणात्मक तथा परिमाणत्मक परिवर्तन भन्ने बुझिन्छ ।

“आधुनिकीकरण”, “पश्चिमीकरण”, र विशेष गरी “औद्योगीकरण” अन्य शब्दहरू जुन प्रायः आर्थिक विकासको बारेमा छलफल गर्दा प्रयोग गरिन्छ । ऐतिहासिक रूपमा, आर्थिक विकास नीतिहरू औद्योगीकरण र पूर्वाधारमा केन्द्रित थिए; सन् १९६० को दशकदेखि, यसले बढ्दो गरीबी न्यूनीकरणमा ध्यान केन्द्रित गरेको छ ।

राजनीतिक अस्थिरताको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा देखिएको तथ्य कसैबाट लुकाएर लुक्ने कुरा होईन । पटक-पटक निजि स्वर्थका लागि सरकार परिवर्तनका कारण विकास र समृद्धिका मुद्दा सधैँ ओझेलमा परिरहे ।

अस्थिर राजनीतिले मुलुकको समग्र विकास एवं समृद्धिमा कसरी असर गरिरहेको छ र त्यसको मूल्य हामीले चुकाइरहेका छौँ भन्ने उदाहरणका रुपमा चालु आर्थिक वर्षको बजेटलाई लिन सकिन्छ ।

बजेटका सिद्धान्त र प्राथमिकता अर्थमन्त्रीले र वार्षिक बजेट अर्कै अर्थमन्त्रीले ल्याए ।

बजेट कार्यान्वयन गर्ने समयमा पुनः सरकार परिवर्तन भयो र मुलुकको अर्थतन्त्रको बागडोर सम्हाल्ने जिम्मा अहिलेको अर्थमन्त्रीको काँधमा आयो । प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहितका दलहरुको गठबन्धनमा नयाँ सरकार बनेपछि भने राजनीतिक स्थिरता कायम हुने अपेक्षा गरिएको थियो ।  विप्रेषण आप्रवाहमा उच्च वृद्धि, आयातमा भएको सङ्कुचन, सेवा खातामा सुधार देखिँदा मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल बन्दै गएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको विवरणअनुसार अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल भए पनि आन्तरिक रुपमा भने अझै दबाबमा रहेको देखिएको छ ।

केन्द्रीय बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत छ । आयात चार दशमलव दुई प्रतिशतले घटेको र निर्यात छ दशमलव एक प्रतिशतले घटेको छ । यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११ दशमलव पाँच प्रतिशतले बढेको छ ।

विवरण अनुसार, शोधनान्तर स्थिति रु एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा छ । कूल विदेशी विनिमय सञ्चिति रु २२ खर्ब ३२ अर्ब २८ करोड र अमेरिकी डलरमा १६ अर्ब ६० करोड छ । सरकारको खर्च रु तीन खर्ब २९ अर्ब २० करोड र राजस्व परिचालन रु दुई खर्ब ४८ अर्ब २६ करोड छ ।

विस्तृत मुद्राप्रदाय तीन दशमलव ४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३ दशमलव ३ प्रतिशतले बढेको हो । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन दुई दशमलव ६ प्रतिशतले बढेको छ ।

निजी क्षेत्रमा प्रवाहित कर्जा दुई दशमलव ५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२ दशमलव आठ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६ प्रतिशत छ ।

चालु आर्थिक बर्षको पहिलो तीन महिनामा कूल वस्तु आयात ४ दशमलव दुई प्रतिशतले घटी रु तीन खर्ब ९० अर्ब ७५ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक दशमलव ७ प्रतिशतले वृद्घि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन, तथा अन्य मुलुकबाट भएको आयात क्रमशः तीन दशमलव ९ प्रतिशत, एक दशमलव ५ प्रतिशत र सात दशमलव नौ प्रतिशतले कमी आएको छ ।

देशको समग्र आर्थिक संरचना, प्रबंधन र गतिविधिहरूलाई जनाउँछ । यसले देशका उत्पादन, सेवा, व्यापार, रोजगारी, र सम्पत्ति व्यवस्थापनका बारेमा अध्ययन गर्छ । मुलुकको अर्थतन्त्र विभिन्न तत्वहरू मिलेर बनेको हुन्छ, जसमध्ये प्रमुख तत्त्वहरू निम्नलिखित छन्:

  • उत्पादन:
    देशले विभिन्न प्रकारका वस्तु र सेवाहरूको उत्पादन गर्छ। यसमा कृषि, उद्योग, व्यापार र सेवाहरू समावेश छन् ।
  • वित्तीय व्यवस्थापन:
    मुलुकको अर्थतन्त्रमा सरकारी र निजी क्षेत्रका वित्तीय गतिविधिहरू महत्त्वपूर्ण भूमिका खेल्दछन्। सरकारको बजेट, कर प्रणाली, सरकारी खर्च र ऋण व्यवस्थापन यसमा समावेश हुन्छ ।
  • ब्यापार र व्यापार नीति:
    देशको अन्तर्राष्ट्रिय व्यापार, निर्यात र आयातका नीतिहरू, साथै विदेशी लगानी आकर्षित गर्ने प्रयासहरू मुलुकको अर्थतन्त्रलाई प्रभाव पार्छ ।
  • रोजगारी र श्रम बजार:
    मुलुकको अर्थतन्त्रमा काम गर्ने मानिसहरूको उपलब्धता र श्रम बजारका अवस्था महत्त्वपूर्ण छन्। बेरोजगारी दर, मजदुरीका सर्तहरू र श्रमशक्ति केन्द्रीकरण यहाँ समावेश छन् ।
  • सम्पत्ति र लगानी:
    मुलुकको वित्तीय प्रणालीमा बैंकिङ, लगानी, शेयर बजार र अन्य आर्थिक क्रियाकलापहरूको महत्त्वपूर्ण स्थान छ ।
  • विकास र वृद्धिदर:
    मुलुकको आर्थिक वृद्धिदर, विकासका योजनाहरू र नीति निर्णयहरूले पनि अर्थतन्त्रको भविष्यलाई आकार दिन्छ ।

मुलुकको अर्थतन्त्रले सामाजिक र राजनीतिक पक्षहरूमा पनि प्रभाव पार्छ, किनकि यसले नागरिकहरूको जीवनस्तर, सार्वजनिक सेवाहरूको पहुँच र समग्र सामाजिक समृद्धिलाई निर्धारण गर्छ ।

अर्थशास्त्रमा, आर्थिक विकासको अध्ययन परम्परागत अर्थशास्त्रको विस्तारबाट जन्मिएको थियो । जुन पूर्ण रूपमा राष्ट्रिय उत्पादनमा केन्द्रित हुनु पर्ने हो, वा वस्तु र सेवाहरूको कुल उत्पादनमा केन्द्रित रह्यो । आर्थिक विकास मानिसहरूको अधिकार र उनीहरूको सम्बन्धित क्षमताहरूको विस्तारसँग सम्बन्धित थियो ।

जस्को उदाहारण हामी लिन सक्छौं । रोग, पोषण, साक्षरता, शिक्षा, र अन्य सामाजिक-आर्थिक सूचकहरू। उच्च वृद्धि भएका देशहरू (सिंगापुर, दक्षिण कोरिया, हङकङ) र योजनाबद्ध सरकारहरू (अर्जेन्टिना, चिली, सुडान, युगान्डा) को उदयको साथ केनेसियन अर्थशास्त्र (सरकारी हस्तक्षेपको वकालत गर्दै), र नियोक्लासिकल अर्थशास्त्र (कम हस्तक्षेपमा जोड दिँदै) को पृष्ठभूमिबाट बाहिर निस्कियो । आर्थिक विकास र सामान्यतया विकास अर्थशास्त्र २० औं शताब्दीको मध्यमा अर्थव्यवस्थाहरू कसरी समृद्ध हुन्छन् भन्ने सैद्धान्तिक व्याख्याहरूको बीचमा देखा पर्यो ।

अर्थशास्त्री अल्बर्ट ओ हिर्शम्यान, एक प्रमुख योगदानकर्ताले, विकास अर्थशास्त्रमा आर्थिक विकास विश्वको गरीब क्षेत्रहरूमा ध्यान केन्द्रित गर्न बढेको दाबी गरेका थिए ।

तर  नेपालमा वस्तुगत आधारमा यातायात उपकरण, सवारीसाधन तथा अन्य सवारीसाधनका स्पेयर पार्ट्स्, खाने तेल, स्पन्ज आइरन, लसुन, तेलहनलगायत वस्तुको आयात बढेको छ । यस्तै, सुन, पेट्रोलियम पदार्थ, विद्युतीय उपकरण, कच्चा पाम तेल, एमएस विलेटलगायतका वस्तुको आयात घटेको छ ।

सो अवधिमा विराटनगर, कैलाली, कृष्णनगर, नेपालगञ्ज र रसुवा भन्सार कार्यालयबाहेक प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयात मार्फत जलेश्वर, कैलाली, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

तीन महिनामा कूल वस्तु व्यापार घाटामा चार प्रतिशतले कमी आई रु तीन खर्ब ५२ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ दशमलव एक प्रतिशतले वृद्घि भएको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु ४४ अर्ब १३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु ४५ अर्ब ५८ करोड बराबरको भएको थियो ।

सो अवधिमा खुद सेवा आय रु ३ अर्ब २९ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु २९ अर्ब ३९ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव पाँच प्रतिशतले वृद्धि भई रु १७ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १७ अर्ब १३ करोड थियो ।

सेवा खाताअन्तर्गत भ्रमण व्यय सात दशमलव सात प्रतिशतले वृद्धि भई रु ५५ अर्ब ७८ करोड पुगेको छ । यसमध्ये शिक्षामार्फतको व्यय रु ३२ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ५१ अर्ब ८० करोड रहेकोमा शिक्षातर्फको व्यय रु ३२ अर्ब ९२ करोड थियो ।

  • चार खर्बभन्दा बढी विप्रेषण आप्रवाह

गत असोज मसान्त सम्मको तुलनामा विप्रेषण आप्रवाह ११ पाँच प्रतिशतले वृद्धि भई रु चार खर्ब सात अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव आठ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह दुई अर्ब ७६ करोड थियो ।

सो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु चार खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु चार खर्ब चार अर्ब सात करोड थियो । सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख १० हजार छ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार नौ सय ३९ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख १३ हजार तीन सय ९७ र ४९ हजार दुई सय ९७ रहेको थियो ।

  • चालु खाता र शोधनान्तर बचतमा

सो अवधिमा चालु खाता रु एक खर्ब ११ अर्ब ८७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ५९ अर्ब ६५ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ८३ करोड ४० लाखले बचतमा रहेको छ ।

त्यस अवधिमा खुद पुँजीगत ट्रान्सफर रु दुई अर्ब कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) रु चार अर्ब ८१ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर रु एक अर्ब १५ करोड कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) रु तीन अर्ब ३८ करोड रहेको थियो । यस्तै, शोधनान्तर स्थिति रु एक खर्र्ब ८४ अर्ब ९९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु एक अर्ब ६६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ३८ करोडले बचतमा रहेको छ ।

गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति नौ दशमलव चार प्रतिशतले वृद्धि भई गत असोज मसान्तमा रु २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा गत असोज मसान्तमा आठ दशमलव सात प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।

कूल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा गत असोज मसान्तमा सात दशमलव पाँच प्रतिशतले वृद्धि भई रु १९ खर्ब ८८ अर्ब पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा गत असोज मसान्तमा २६ दशमलव नौ प्रतिशतले वद्धि भई रु दुई खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ । गत असोज मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव नौ प्रतिशत छ । आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव छ महिनाको वस्तु आयात र १४ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

– प्रकाशक जीवन शर्मा अर्थ, भू-गोल, स्थानीय सरोकारोकार र वैदेशिक क्षेत्रमा खोजीपत्रकारिता केन्द्रित भई कलम चलाउने गर्छन् ।

 


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading