
ललितपुरको भैंसेपाटीमा प्रहरी समेतको मिलेमतोमा भएको ‘हनी ट्रयाप’ घटनाको अनुसन्धान टुंगिएको छ। सीआईबीको अनुसन्धान प्रतिवेदनमा प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनालाई आपराधिक लाभ र संगठित अपराधको कसुरमा प्रतिवादी बनाउन सिफारिस गरिएको छ ।
यसमध्ये चार जना पक्राउ छन् भने प्रहरी निरीक्षक बिनुकुमारी शाही र दर्शन पोखरेल फरार छन् । उक्त घटनामा ललितपुरस्थित प्रहरी परिसरले प्रहरी सहायक हवल्दार महेन्द्र हमालसहित ताज स्लाम, सुष्मा विक र भीमदेवी थापालाई पक्राउ गरेको थियो । पोखरेललाई इन्स्पेक्टर शाहीले बीच बाटोबाटै भगाएकी थिइन् भने आफू निलम्बनमा पर्नुअघि नै इन्स्पेक्टर शाही फरार भएकी थिइन् ।
भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनी ट्रयापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौं’ भन्दै हनी ट्रयापमा पारेर रकम असुलेको आरोपमा उनकै सहयोगीहरु सहायक हवलदारसहित चार जना थुनामा छन् ।
जसमा इन्स्पेक्टर शाहीसहित ६ जनाविरुद्ध मुद्दा चलाउन सिआइबी (नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो) ले सिफारिस गरेको हो। जसमा दुई जना अझै फरार छन्। गिरोहका नाइके ताज इस्लाम, उनका सहयोगी सुष्मा विक र भिमादेवी थापा तथा प्रहरी हवल्दार महेन्द्र हमाल थुनामै रहेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले इन्सपेक्टर बिनु कुमारी शाहीलाई मुद्दा चलाउन सिफारिस गर्दै एसपी कमल थापालाई भने जोगाएको छ ।
निलम्बित इन्स्पेक्टर शाही र इटहरीका दर्शन पोखरेललाई फरार प्रतिवादी बनाइएको छ। यस्तै सो प्रकरणमा जोडिएका एसपी कमल थापा भने तत्कालका लागि जोगिएका छन्। उनीमाथि थप अनुसन्धान हुने सिआइबीले जनाएको छ।
दुई महिनाअघि प्रहरी प्रभाग भैंसेपाटीमा जग्गा व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुलिएको थियो। यसमा मुछिएका एसपी कमल थापासँग सिआइबीले बयान कागज गरेको थियो। सरकारी वकिल कार्यालयको निर्देशनमा प्रहरीले उनको बयान कागज गरेको हो।
गत ७ असोजमा ललितपुरको भैंसेपाटी प्रभागमा मोरङका एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुलिएको थियो। जसमा प्रभागकी तत्कालीन प्रमुख इन्सपेक्टर बिनुकुमारी शाहीको समेत मिलेमतो थियो।
उनी महेन्द्रनगर कंचनपुरमा हुँदा पनि विवादित बनेकी थिइन्। निलम्बनमा परेकी उनी डेढ महिनादेखि फरार रहेपनि प्रहरीले अनुसन्धान तथा पक्राउ गर्नेबारे चासो दिइएको छैन। उनीविरुद्ध संगठित अपराध र आपराधिक लाभ मुद्दामा अनुसन्धान भएको थियो।
इन्सपेक्टर शाहीसहित दोषी देखिएपनी कारबाहीको दायरामा भने आउन सकेका छैनन्। सोही प्रकरणमा एसपी थापाले नै ताज इस्लामको समूहलाई इन्सपेक्टर शाहीसँग भेटाएका थिए।
पैसा लेनदेनपछि पनि इस्लाम र एसपी थापाबीच डेढ घन्टा कुराकानी भएको खुलेको थियो। जसकारण उनको समेत यसमा योजना देखिएको थियो। साथै गत जेठमा ठेकदार विदुर शर्मालाई दरबारमार्ग वृत्तमा त्यसैगरी फसाइएको घटनामा समेत उनको मिलेमतो देखिएको प्रहरी स्रोतले जनाएको थियो।
‘योजनाकारसँग एसपीको आधा घण्टा भेटघाट’
डीएसपी अधिकारी नेतृत्वको समितिले एसपी कमल थापामाथि अनुसन्धान गर्न सुझाव दिएको छ ।
७ असोजमा हनी ट्रयाप प्रकरणका मुख्य योजनाकार ताज स्लाम र एसपी थापाबीच एक पटक फोनमा कुराकानी भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।
बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख दिन सहमत गराएको र २० लाख रुपैयाँ बुझेको दिन एसपी थापा र ताज स्लामबीच भेटघाट भएको सीसीटीभी फुटेज समेत समितिले फेला पारेको थियो ।
उनीहरुबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको एक रेष्टुरेन्ष्टमा ७ असोजको साँझ साढे ६ बजे भेट भएको र करिब आधा घण्टा भेटघाट भएको फुटेज समेत समितिले प्राप्त गरेको थियो ।
‘उनीहरुबीच के–के कुराकानी भए भन्ने विषय थाहा भएन । तर भैंसेपाटीमा उजुरी हाल्नुअघि फोन सम्पर्क हुनु र काम भइसकेपछि पनि रेष्टुरेन्टमा आधा घण्टासम्म कुराकानी हुन शंकास्पद देखिन्छ’ समिति स्रोतले भन्यो ।
गत ७ असोजमा प्रहरी प्रभाग भैँसेपाटीमा इटहरीका एक व्यवसायीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको थियो। इटहरीकै सुष्मा विकसँग ती व्यापारी केही महिनाअघि इलाम घुम्न गएका थिए। तिनै युवतीलाई कुटपिटको उजुरी हाल्न लगाई बलात्कार मुद्दा चलाउने भन्दै प्रहरी कार्यालयमै बार्गेनिङ भएको थियो।
प्रभागकी तत्कालीन प्रहरी प्रमुख इन्स्पेक्टर शाहीको समेत त्यसमा मिलेमतो देखिएपछि उनीहरूविरुद्ध डेढ महिनाअघि नै पक्राउ पुर्जी जारी भएको थियो। तर, प्रहरीले माथिल्लो निकायको आदेश नभएको भन्दै उनलाई पक्राउ गरेन। उनको निर्देशनमा काम गर्ने हवल्दार हमाललाई भने थुनामा राखिएको छ।
‘हनी ट्रयापिङ’को गिरोहसँग मिलेर पैसा असुलिएको घटना जिल्ला प्रहरी परिसर, ललितपुरले थाहा पाएपछि पक्राउ परेका र पीडित पक्ष सबैलाई झिकाएर छानबिन सुरु भएको थियो। जसमा प्रहरीको मिलेमतो पुष्टि भएको हो।
- के हो हनी ट्रयाप ?
केही समययता नेपाली अपराध अनुसन्धानमा एउटा शब्द निकै चर्चित भएको छ । त्यो चर्चित शब्द हो, हनी ट्र्याप ।
हनी ट्रयापमा पारेर ठगी गर्ने प्रचलन पछिल्लो समय नेपालमा पनि निकै देखिएको छ । विदेशी मुलुकमा सुनिने यस्तो घटना नेपालमा नै सुनिन थाल्दा यस्ता आपराधिक घटनालाई नियन्त्रण गर्ने सही कानूनको आवश्यकता महसुस हुन थालेको छ । तर यस्ता घटनामा परेर ठगिएकाहरु थोरै मात्र सार्वजनिक हुने गरेका छन् । लोकलाजले पनि यस्ता घटनामा परेकाहरु चुप रहने गरेका कारण यस्ता अपराधको वास्तविक जरो थाहा हुन सकेको छैन ।
अंग्रेजी शब्द हनी ट्रयापलाई नेपाली शब्दानुसार व्याख्या गर्दा महको आकर्षणद्वारा कसैलाई पासोमा पार्ने भन्ने बुझिन्छ । मीठा–मीठा शब्दका जालमा पारेर मानिसलाई फसाउने कार्य हो हनी ट्रयाप । अंग्रेजी शब्दकोषअनुसार कुनै आकर्षक व्यक्तिद्वारा अर्को व्यक्तिलाई लोभ्याएर सूचना संकलन गर्ने जुक्तिलाई हनी ट्रयाप भनेको देखिन्छ । सुरक्षा अङ्गहरुले सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानका लागि सोसँग सम्बन्धित सूचना संकलन गर्नका लागि सुरू गरेको हनी ट्रयापको जुक्ति अहिले वित्तीय अपराधको जगमा अन्य धेरै अपराधको माध्यम बन्न पुगेको छ ।
हनी ट्रयापकोे सुरूवातीको कुरा गर्नुपर्दा राष्ट्रिय सुरक्षाका खातिर अर्को देशमा विभिन्न पद,प्रतिष्ठा र शक्तियुक्त मानिस वा अन्य आकर्षक माध्यमबाट मानिस परिचालन गरेर सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्ने, देशका योजनाबारे जासुसी गर्ने र आफ्नो प्रतिरक्षा वा आक्रमण योजना तयार गर्ने गरेको देखिन्छ । यस्तो कार्यमा विशेषगरी महिलाको प्रयोग गर्ने गरिएको छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.