सभामुख घिमिरे आज कम्बोडिया जाँदै

काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै हुनुहुन्छ । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन सभामुख घिमिरे कम्बोडिया जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ ।

सम्मेलन कम्बोडियाको नोम पेन्ह शहरमा मंसिर ८ गतेदेखि १० गतेसम्म हुँदैछ । सम्मेलनमा सहभागी भएर सभामुख घिमिरे मंसिर ११ गते स्वदेश फर्कनु हुने कार्यक्रम तय भएको छ ।

सम्मेलनमा एक सयभन्दा बढी देशका जनप्रतिनिधिहरु सहभागी हुनेछन् ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading