
काठमाण्डौं – गोकर्णेश्वर नगरपालिका वडा नम्बर-६ का अध्यक्ष नवराज लामाले बिरामीलाई ह्विलचियर हस्तान्तरण गरेका छन् । हिजो बिहिबार रामेछाप घर भई गोकर्णेश्वर नगरपालिकाको जोरपाटी बस्ने मुटुका बिरामी लिला लोकान्द्रीलाई अध्यक्ष लामाले ह्विलचियर हस्तान्तरण गरेका हुन् ।
बिरामीको अवस्थालाई ध्यानमा राखेर सहज होस् भन्ने उदेश्यले वडा कार्यालयले संयोजन गरेर बिरामीलाई ह्विलचियर उपलब्ध गराएको अध्यक्ष लामाले बताएका छन्।
ह्विलचियर हस्तान्तरण कार्यक्रममा वडा सदस्य मञ्जु पुडासैनी, वडा सचिव चन्द्र प्रभा उपाध्याय लगायतको उपस्थिती रहेको थियो ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.