कीर्तिपुरको मेयरमा कांग्रेसको अग्रता कायमै

काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ।

सोमबार बिहान ९:३० बजेसम्मको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन्।

कांग्रेसका डंगोलले अहिलेसम्म १३१३ मत ल्याएका छन्।

यहाँ नेकपा (एमाले) का उम्मेदवार सुरेन्द्र मानन्धरले कांग्रेसलाई पछ्याइरहेका छन्। मानन्धरले ९७८ मत ल्याएका छन्।

नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले ७१६ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवार ध्रुव महर्जनले २२७ मत ल्याएका छन्।

Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading