
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको मार्कसीट सम्बन्धित क्याम्पसबाटै प्रिन्ट गर्ने व्यवस्था मिलाएको छ । अबदेखि मार्कसीट डिजिटल हस्ताक्षरसहित सम्बन्धित क्याम्पसबाट प्रिन्ट गरिने व्यवस्था मिलाएको बताइएको छ ।
कार्यालयबाट प्रवाह हुने सेवालाई क्रमशः डिजिटलाईजेसन गर्दै लैजाने अवधारणअनुरुप २०८० सालमा सञ्चालित स्नातक तह चौथो वर्षका वार्षिक परीक्षा प्रणालीअन्तर्गत परीक्षार्थीहरुको प्रकाशित नतिजाको मार्कसीट सम्बन्धित क्याम्पसबाट प्रिन्ट गरिने व्यवस्था मिलाइएको हो ।
कार्यालयले भोलिदेखि आफ्नो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई मार्कसीट क्याम्पसलाई उपलब्ध गराइएको पोर्टलमा रिजल्ट मेनु छनोट गरी मार्कसीट विकल्पमा गई प्रिन्ट गरी उपलब्ध गराउन भनेको छ ।
सूचनामा उल्लेख छ, ‘मिति २०८१ मंसिर १९ गतेदेखि सम्बन्धित क्याम्पसले आफ्नो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको मार्कसीट क्याम्पसलाई उपलब्ध गराइएको पोर्टलमा रिजल्ट मेनु छनोट गरी मार्कसीट विकल्पमा गई प्रिन्ट गरी विद्यार्थीहरुलाई उपलब्ध गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।’ विद्यार्थीहरुले आफ्नो नतिजा सम्बन्धित क्याम्पसबाट जानकारी लिन सकिने पनि कार्यालयले जनाएको छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.