
बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) बाट नेपालले लाभ लिने बताएका छन् । बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए। प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताए ।
प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयका अध्यक्ष प्रा. गोङ छिहुङले स्वागत गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि सहभागिता थियो । प्रधानमन्त्री ओलीले आजै उद्यमी व्यवसायीहरूको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार दुई देशका अधिकारीहरूले यी दस्तावेजमा हस्ताक्षर गरेका हुन् –
- आर्थिक तथा प्राविधिक सहकार्यसम्बन्धी सम्झौता
- टोखा-छहरे सुरुङका लागि लेटर अफ एक्सेन्ज
- व्यापार प्रवर्धन सहकार्यसम्बन्धी समझदारीपत्र
- नेपालबाट चीन निर्यातका लागि भैँसीको मासुको ‘थर्मल’ प्रशोधनका लागि आवश्यक तत्त्वसम्बन्धी प्रोटोकल सम्झौता
- विकास योजना (सन् २०२४-२०२९) बारे समझदारीपत्र
- रकम सहयोगसम्बन्धी लेटर अफ एक्सेन्ज
- वसन्तपुरस्थति नौतले दरबारको पुनर्निर्माण सम्पन्न भएको प्रमाणपत्र हस्तान्तरण
- स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
- सार्वजनिक प्रसारक नेपाल टेलिभिजन र चाइनिज मिडिया ग्रूपबीच समझदारीपत्र
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.