धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आज सार्वजनिक बिदा

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाको आस्थाको केन्द्र त्रिपुरासुन्दरी माई (न्वागी) मेलाको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

त्रिपुरासुन्दरी माईन्वागी मेला पहाडी भेगमा ठूलो मेलाको रूपमा लिइन्छ । यो मेलामा घरमा भएकी देवीलाई माइती मन्दिरमा न्वागी खुवाउन ल्याउने चलन अनुरूप गाउँको मन्दिरमा रातभर पूजापाठ गरी बिहान बाजा गाजा र हतियार सहित बेंसी मन्दिरमा झार्ने चलन छ । मेला भर्न विभिन्न जिल्लाबाट हजारौं भक्तजन आउने गर्दछन् ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading