जनकपुरको लगातार तेस्रो जित

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) जनकपुर बोल्ट्सले ह्याट्रिक अर्थात् लगातार तेश्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार सम्पन्न पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै ह्याट्रिक जित निकालेको हो ।

लगातार तेश्रो जितका लागि पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा मात्र ३ विकेट गुमाउँदै १४३ रन बनाएर पुरा गर्यो । जनकपुरका लागि लाहिरु मिलन्थाले ३२ बलमा ८ चौकाको सहयोगमा सर्वाधिक ४५ रनको योगदान दिए ।

यस्तै जेम्स निशमले २० बलमा ५ छक्कासहित अविजित ४०, हर्ष ठाकरले १४ बलमा १ चौकासहित अविजित १३, आसिफ शेखले ४३ बलमा ३ चौकसहित ३३ रन जोड्दा कप्तान अनिल शाह ३ बलमा १ रन जोडेर पेभिलियन फर्किएका थिए ।

बलिङमा पोखराका लागि विपिन खत्री, माइकल लीस्क र कुशल भुर्तेलले १-१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रनको योगफल तयार पारेको थियो ।

पोखराका लागि मार्कस क्रिटलेले ३० बलमा सर्वाधिक ३५, माइकल लिस्कले १३ बलमा २५, आन्द्रेस गौसले १६ बलमा २०, रेमन रिफरले २० बलमा १७, दिलिप नाथले १४ बलमा ११ र दीनेश खरेलले १७ बलमा १० रन जोडेका थिए।

जनकपुरका लागि ललितनारायण राजवंशीले ३, जिमी निसमले २ तथा मोहम्मद मोहसिन र किशोर महलोले १-१ विकेट लिएका थिए । लगातार तेश्रो जितसँगै जनकपुरले ६ अंक जोडेको छ । उसले अघिल्ला दुई खेलमा विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो ।

यता लगातार दोश्रो खेलमा पराजित भएको पोखरा अंक विहीन रहेको छ । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading