भण्डारीलाई पहिलो गाँसमै ढुङ्गा ! नेपाल बैदेशिक रोजगार व्यवसायी संघको भवन उद्घाटनमा आसंका !!

काठमाडौँ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघ (Nepal Foreign Employment Association, NFEA) को स्थापना बि.सं. २०४२ सालमा तत्कालीन संस्थापक अध्यक्ष श्री महेन्द्र शेरचनको कार्यकालमा स्थापना भएको थियो ।

नेपाल बैदेशिक रोजगार व्यवसायी संघ व्यवसायीहरूको एक छाता संगठन हो ।

यस संघको उद्देश्य नेपाली श्रमिकलाई विदेशमा सुरक्षित र कानूनी रोजगारका अवसर प्रदान गर्नु, रोजगार व्यवसायका पेशागत मापदण्डहरू निर्धारण गर्नु र बैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित विभिन्न मुद्दाहरूमा सुधार ल्याउनु हो ।

संघका अध्यक्ष तत्कालिन संस्थापक अध्यक्ष महेन्द्र शेरचन देखि वर्तमान अध्यक्ष राजेन्द्र भण्डारी छन् । अधिकाम्स अध्यक्षको चाहना र मुख्य ऐजेण्डा नै संघ आफ्नै कार्यालय भवन हुनु हो ।

बैदेशिक रोजगार सम्बन्धी नीतिहरूको सुधार र प्रवद्र्धन गर्ने उद्देश्यका साथ संघले सरकारसँग मिलेर बैदेशिक रोजगारका लागि उपयुक्त नीतिहरूको निर्माणमा भूमिका खेल्दछ  भने व्यवसायीहरुको हकहितमा काम गर्दछ ।

यसले वैदेशीक रोजगारका लागि श्रमिकहरूको उचित तालिम र तयारीका लागि कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । यस संघको सदस्यहरूले प्रायः श्रम व्यवस्थापन कम्पनी, रिक्रुटमेन्ट एजेन्सी, तथा बैदेशिक रोजगारका सेवा प्रदायकहरू काम गर्दछन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई बाहिरबाट नियाल्दा आम नागरिकले निकै धनी र सम्पन्नशाली संस्थाले चित्रण गर्छ भन्दा फरक नपर्ला । तर भित्रि पिडा अर्कै देखिन्छ ।

तत्कालिन संस्थापक अध्यक्ष महेन्द्र शेरचन देखि वर्तमान अध्यक्ष राजेन्द्र भण्डारीको नारा हो, संघको आफ्नै भवन हुनु  । आफ्नै कार्यकालमा भवनमा शिल्यानास/उद्धघाटनमा नाम दर्ज गर्नु हो ।

उक्त संघले आफ्नो भवन खरिद गर्न  भनि रु दश लाख रुपैया बैनावापद दिएर, हिजो मात्र काठमाडौँ महानगरपालिका वडा नं. ७ स्थित शिफलमा एक कार्यक्रमका साथ उद्घाटन गरिएको थियो । उद्घाटन गरिएको संघको नयाँ भवन विवादित रहेको कुरा संघ भित्रकै पदाधिकारीको सामाजिक सञ्जालबाट बुझन सकिन्छ । २ वटा घर जम्मा ११ आना १ पैसामा बनेको उनिहरुकै संम्वाद ग्रुपबाट बुझिन्छ । ८ फिटे मोटर बाटोमा सिफलमा रहेको छ भवएको छ । पहिले चरणमा ४ करोड ३० लाखमा ६ आना १ पैसामा बनेको १५ कोठा घर किन्ने, त्यस पश्चात अगाडिको दोश्रो घर छ, जुन पछाडी बाटो राखेर बनाएको घर छ उक्त घर समेत बैना गर्ने भनिएको छ ।

अब, रह्यो संघकै पदाधिकारी उठाएको बिषय वस्तुहरु:-
विगतमा संघको लागि आफ्नै भवन महशुस भएर काठमाडौँ महानगरपालिका वडा नं. ३५ रहेको ७ आना जग्गा खरिद गरी भवन बनाउन भनि शिलन्यास समेत भएको थियो । बाटो सानो भई संघको भवन निर्माण गर्न अनुपयुक्त हुदा व्यवसायीहरुबाट उठाएको रकम प्रयोग हिन भैरहेको सन्दर्भमा अहिले काठमाडौँ महानगरपालिका वडा नं. ७ स्थित शिफलमा पुन: ८ फिटे मोटरबाटो भएको घर सात करोड रकम खर्चेर संघको भवन एका-एक उद्घाटन हुनु आफैमा रह्यश्यमय बिषय बन्दै गएको हो  ।

व्यवसायीहरु आफैमा दूई धार हुदै असन्तुष्टि देखिन्छन् । करिव १२ सय भन्दा वढि व्यवसायीहरु रहेकोमा सिमित व्यावसायी उपस्थित हुनुले यो बिषय पेचिलो बन्दै गएको छ । मिति २०८१/०८/१८ गते नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको च.नं. ०५६/०८१/८२ बाट विरोध गरेको संदर्भमा उक्त बिषय बस्तुलाई स्पष्ट नगराई हतार-हतारमा संघका अध्यक्ष राजेनद्र भण्डारी र महासचिव मेघनाथ भूर्तेलबाट उद्घाटन गर्नु आफैमा निगरानीको बिषय बनेको छ ।

वैदेशीक रोजगारका लागि श्रमिकहरूको उचित तालिम, तयारीका लागि कार्यक्रमहरू सञ्चालन,  संघको सदस्यहरू प्रायः श्रम व्यवस्थापन कम्पनी, रिक्रुटमेन्ट एजेन्सी, तथा बैदेशिक रोजगारका सेवा प्रदायकहरू काम गरी बैदेशिक रोजगारमा देखिएका बेथिति र बेसंगतिको विरुद्धमा काम गर्नु पर्नेमा आफै विवादित हुनुले बैदेशिक पिडकलाई कसरी सहयोगको मद्दत गर्न सक्ला ? यो बिषय आफैमा कोशेढुङ्गा सावित हुने देखिन्छ ।

शंकास्पद बिषय:-

– नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको विरोध हुनु,

– भवन खरिदका लागि प्रगतिशिल वैदेशिक रोजगार मञ्च (पेफेन)बाट २ अक्टोवर २०२४ को चेक रु ४७ लाख दिएर भरोसा दिनु,

– नेपाल बैदेशिक रोजगार व्यवसायी संघको खातामा ४७ लाखको चेक जम्मा नहुनु, अब, चेकको लागि पहल गर्छौं भन्नु,

– बैदेशिक रोजगार व्यवसायी संघका सदस्यहरु बिच (NAFEA CSR GROUP) एक आपसमा असन्तुष्टि झल्कनु,
– संघका अध्यक्षले सबैलाई मिलाएर जैलान नसक्नु, विरोध हुदाहुदै पनि नव गृह प्रवेश हुनु,

नेपाल बैदेशिक रोजगार व्यवसायी  संघका महासचिव मेघनाथ भुर्तेलसँग हाम्रा सहकर्मि जीवन शर्माको टेलिफोन संम्वाद ।

  • भुर्तेल सर, नमस्कार ।
    नेपाल बैदेशिक रोजगार व्यवसायी संघको भवन पनि उदघाटन/गृह प्रवेश भयो, शुभ-कामना छ हैं ! साथसथै, नवप्रवेश भवन प्रति नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको असन्तुष्टि रह्यो नी?, यता तपाई आफै उदघाटन सक्रिय हुन भएको, के रहेछ नी सर ?

उत्तर-  महासचिव भुर्तेलले भन्नु भयो, नेपाल बैदेशिक रोजगार व्यवसायी  संघको आफ्नै भवन हुनु सुखद कुरा हो । अब, रह्यो तपाईको प्रश्नमा घटकहरु एक जुटभएर आएमा यी सबै कुरा मिल्छ ।

  • भवन आफैमा विवाद छ भन्ने कुरा बैदेशिक रोजगार व्यवसायी संघका सदस्यहरु बिच (NAFEA CSR GROUP) मा पनि देखिन्छ नी ?

उत्तर-  समुहमा आ-आफ्ना धारणाहरु आउनु स्वाभिक नै हो । सबै सदस्यहरु बिचमा तालमेल मिलाएर अगाडी बढ्छौँ ।

  • प्रगतिशिल वैदेशिक रोजगार मञ्च (पेफेन) बाट २ अक्टोवर २०२४ को मितिमा चेक रु ४७ लाख दिएको भन्ने कुरा छ नी ? अनि फेरी, नेपाल बैदेशिक रोजगार व्यवसायी संघका कोषाध्यक्ष सरिता घलेले मिसले त, खातामा रु ४७ लाख जम्मा भएको छैन भन्नु भएको छ नी  सर ?

उत्तर-  प्रगतिशिल वैदेशिक रोजगार मञ्च (पेफेन) मा जम्मा ४७ जना सदस्यहरु छन् । उहाँहरु बिचको उद्घाटन/गृह प्रवेश पश्चात खातामा जम्मा हुने छ भनी नेपाल बैदेशिक रोजगार व्यवसायी  संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिनुभयो ।

 


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading