भ्रष्टाचार: ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा पशुपन्छी बजार प्रवर्द्धधन निर्देशनालयका कार्यक्रम निर्देशकसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले अछामको साफेबगर नगरपालिका वडा नम्बर ८ मा रहेको हिल साइड पोलीटेक्निक इन्स्टिच्युट प्रालीलाई प्रक्रिया नपुर्‍याई हचुवाको भरमा रकम दिएको भन्दै डा.बलराम थापा, लेखा अधिकृत रामप्रसाद बजगाई, पशु विकास अधिकृत डा.पूजा शर्मा, जिल्ला पशु सेवा कार्यालय अछामका पशु विकास अधिकृत विश्वेश्वरप्रसाद खनाल र पोलीटेक्निक इन्स्टिच्युट प्रालीका अध्यक्ष लोकबहादुर बोहोरा, व्यवस्थापक सुरतबहादुर भुल र पुष्कर भण्डारीविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो ।

उनीहरु सातै जनाविरुद्ध ४४ लाख ४२ हजार ८६१ रुपैयाँ बिगो सहित जरिवाना सहितको सजायको माग गर्दै मुद्दा दायर भएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष ०७३–०७४ मा पशु हाट बजार निर्माण तथा सुधार कार्यक्रम अन्तरगत उक्त प्रालीसँग भएको सम्झौतामा २०७४ जेठ १५ सम्म काम सम्पन्न गर्नेगरी अनुदान रकम भुक्तानी लिने उल्लेख थियो ।

त्यसरी ६३ लाख ४६ हजार ९४३ रकम मध्ये लागत साँझेदारीको आधारमा कार्यालयले व्यहोर्नुपर्ने ७० प्रतिशत बापत हुने रकम ४४ लाख ४२ हजार ८६१ हिलसाइड उक्त कम्पनीलेलाई झुट्टा विल भरपाई समेतको आधारमा बढी भुक्तानी गराएको पुष्टि पाइएको छ ।

त्यस्तै, धनगढीमाई नगरपालिकाले मिलेमतोमा बिक्रेतासँग औषधि खरिद नगरी बिल बनाएर दाखिला नगरी रकम निकासा गरेको अख्तियारको दाबी छ । प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसमेत ५ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

 


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading