आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी र वाग्मती प्रदेश प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू–भाग, बाँकी तराईका क्षेत्र तथा उपत्यकाहरूका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

विभागले दिउँसो कोसी, गण्डकी, वाग्मती र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading