गोकर्णेश्वर नगरपालिकाको भवन निर्माणका लागि मन्त्रिपरिषदको निर्णयले नगरवासी हर्षित

काठमाण्डौं –  गोकर्णेश्वर नगरपालिकाको भवन निर्माणका लागि मन्त्रिपरिषदले गर्यो निर्णय गरेको छ । नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णयले गोकर्णेश्वर नगरपालिकालाई आफ्नो प्रशासकीय भवन बनाउन जग्गा उपयोग गर्न स्वीकृति दिइ बाटो ख्ल्ला गरिदिएको छ । आइतबार बसेको मन्त्री परिषद्को बैठकले गोकर्णेश्वर नगरपालिकालाई प्रशासकीय भवन निर्माण गर्न सरकारी जग्गा उपयोग गर्न दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकले सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी गराएका थिए ।

गोकर्णेश्वर नगरपालिकाको प्रशासकीय भवन निर्माण गर्न सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने निर्णय भएसँगै नगरपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण गर्ने भएको छ । अहिले बेसिगाँउ स्थित भाडाको घरबाट प्रशासनिक कार्य गर्दै आएको नगरपालिकाले भवन निर्माण गर्न लागेको हो ।

नगरको केन्द्रको रूपमा रहेको जोरपाटी चोकको जग्गामा भवन निर्माणका लागि मन्त्री परिषद्को निर्णयले ५ रोपनी ३ आना जग्गा सुनिश्चित गरेको र अब भवन निर्माणको प्रक्रिया अघि बढाइने मेयर रिसालले बताएका छन् । नगरपालिकाले केहि दिन भित्रमा भवनको शिलान्यास गर्ने कार्यक्रम तय गरेको छ ।

नगरपालिकाले प्रशासनिक भवन निर्माणका लागि टेन्डर लगाउने निर्णय गरिसकेको छ । भवन निमार्णका लागि गतवर्ष नै इस्टिमेट तयारी भएको छ,नक्सा पनि बनिसकेको छ,अब लगत्तै टेन्डर निकालेर निर्माणको काम सुरु हुन्छ,’ रिसालले भने । नगरपालिकाले भवन निर्माणका लागि गत वर्षको आर्थिक वर्षमा समेत बजेट विनियोजन गरेको थियो । यस वर्षकको चालू आर्थिक वर्षमा पनि नगरपालिकाले ‘भवनका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकले सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिनुभयो ।

 ‘गोकर्णेश्वर नगरपालिका, काठमाडौँ महानगरपालिकाको प्रशासकीय भवन निर्माण गर्न सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।’

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख भन्नु हुन्छ । अब, कामले गति लिनेछ र छिट्टै नगरपालिकाको आफ्नै भवन निर्माण गरी जनताको काम सुचारु हुने छ प्रमुख रिसालले भन्नु भयो ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading